काठमाडौँः नयाँ आर्थिक वर्षको पहिलो दिन र साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको हो । आज परिसूचक नेप्से ७९.७४ अंकले बढेर २ हजार ६७७.५४को विन्दुमा पुगेको छ ।
नेप्से उच्च अंक बढेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा यस दिन ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


