२०८३ साउन ११ गते सोमबार

माथिल्लो तामाकोसीको जलासय सफा हुँदै, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २
upper_tamakoshi

काठमाडौं। सञ्चालनमा रहेको मुलुककै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले आज शनिबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा) गर्ने भएको छ।

फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोसी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यसबाट तामाकोसी बाँधको तल्लो तटीय क्षेत्रअन्तर्गत लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्मको क्षेत्रमा प्रभाव पर्न सक्नेछ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा उत्खनन गर्ने तथा नदीबाट सवारीसाधन वारपार गराउने जस्ता गतिविधि नगर्न केन्द्रले सर्वसाधारणसँग आग्रह गरेको छ।

त्यसैगरी, नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार तथा अन्य धार्मिक संस्कार गर्नुपर्ने अवस्था आएमा अत्यन्त सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले नदी आसपासका स्थानीयवासी तथा सम्बन्धित सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नदीको जलसतहमा अचानक वृद्धि हुन सक्ने भएकाले जोखिमपूर्ण गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ।

प्रकाशित: २०८३ साउन २ गते शनिवार ०९:००
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिकमन्त्री र जाइका अध्यक्षले गर्ने, प्रयोग गरेको भाडा कति?

काठमाडौँ: राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ। सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

राधेराधेको खण्डहर १७ तले महल: किन रोकियो? कसको हो?

राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो। धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण छठपछि (तस्बिर)

काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दशैँ–तिहार–छठ)लगत्तै सुरु हुने भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ...

२१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु, रोकिएका परियोजना अघि बढ्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु...

वीरगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै रुङ्गटा परिवार: बुकिङबाटै ८ करोड संकलन, के छन् सुविधा?

४६ अपार्टमेन्ट परियोजना निर्माण भइरहेको छ। आगामी वर्ष सन् २०२७ देखि सञ्चालनमा ल्याउने तयारी भएको गोकुल अपार्टमेन्ट प्रालिले जनाएको छ।
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना