२०८३ भदौ ३० गते मङ्गलबार

प्रधानमन्त्री–गभर्नरबीच मिलेको ट्युनिङ: मार्जिन लेन्डिङ बढ्यो सेयर बजार, समात्ला पुरानो लय?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, साउन ३
balen

काठमाडौँ: नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै नेपालको सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से सूचक ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।साउन लागेपछि सेयर बजारमा उछाल आउने गरेको छ।

एकै दिन नेप्से सूचकमा करिब ८० अंकको वृद्धि भएपछि बजारमा यस्तो सुधार आउनुको कारणबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ। लगानीकर्ताका प्रतिनिधिहरूले भने नयाँ आर्थिक वर्षको सुरुवात, असार मसान्तको खाता बन्द (क्लोजिङ) हनु, मौद्रिक नीतिसम्बन्धी अन्योलता हट्नु, ब्याजदरमा देखिएको सहजता तथा प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलबीच भएको भेटवार्तालाई बजार बढ्नुका प्रमुख कारण मानेका छन्।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालका अनुसार सरकार पुँजीबजारप्रति सकारात्मक देखिनु र प्रधानमन्त्री तथा गभर्नरबीच पुँजीबजारका विषयमा छलफल हुनुका कारण लगानीकर्ताको मनोबल बढेको हो। ‘नयाँ सरकार गठन भएदेखि नै बजार बढ्न खोजेको थियो। बजेट पनि सकारात्मक नै आएको हो। तर, लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा सुधार आउन सकेको थिएन,’ उनले नेपाल क्लिक्ससँग भने, ‘अहिले सरकार पुँजीबजारप्रति सकारात्मक देखिएको छ। प्रधानमन्त्रीले गभर्नरलाई भेटेर पुँजीबजारका विषयमा छलफल गर्नुभएको छ। यसले लगानीकर्तामा उत्साह थपेको छ।’

उनका अनुसार असार मसान्तमा धेरै लगानीकर्ताले नाफा बुक गर्ने र ऋण लिएका लगानीकर्ताले ब्याज तथा अन्य दायित्व व्यवस्थापन गर्न सेयर बिक्री गर्ने भएकाले बजारमा बिक्री चाप देखिएको थियो। नयाँ आर्थिक वर्ष सुरु भएसँगै त्यस्तो दबाब कम भएकाले बजारमा सुधार आएको उनको भनाइ छ।

त्यसैगरी, नयाँ आर्थिक वर्षदेखि लागू भएको पुँजीगत लाभकरसम्बन्धी व्यवस्थाले पनि असार मसान्तअघि सेयर बिक्रीको चाप बढाएको ढकालको विश्लेषण छ। यसअघि एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गर्नेले ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा कम अवधि सेयर होल्ड गरी बिक्री गर्दा प्राप्त नाफामा १० प्रतिशत र ३६५ दिनभन्दा बढी अवधि होल्ड गरेपछि बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्ने व्यवस्था छ।

‘नयाँ कर व्यवस्थाअनुसार बढी कर तिर्नुपर्ने अवस्था आउन सक्ने भएकाले पनि असार मसान्तअघि सेयर बिक्री गर्ने दबाब थियो। अब नयाँ आर्थिक वर्ष सुरु भएसँगै त्यो दबाब केही कम भएको छ,’ ढकालले भने।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको १० वर्षे रणनीतिक मार्गचित्रले पनि लगानीकर्तामा सकारात्मक सन्देश गएको उनले बताए।

‘क्लोजिङपछि बजारमा स्वाभाविक सुधार देखिन्छ’
नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष तथा ब्रोकर नम्बर ३५ (कोहिनुर)का सञ्चालक भरत रानाभाटले पनि बजार बढ्नुमा एउटै कारणभन्दा विभिन्न पक्षको संयुक्त प्रभाव रहेको बताउछन्।

उनका अनुसार असार मसान्तको क्लोजिङ सकिनु, नयाँ आर्थिक वर्ष सुरु हुनु र प्रधानमन्त्री तथा गभर्नरबीच भएको छलफलले लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको छ।

‘असारको क्लोजिङ सकिएपछि बजारमा स्वाभाविक रूपमा सुधार आउने गरेको छ। साउन लागेपछि बजार बढ्छ भन्ने मनोविज्ञान पनि लगानीकर्तामा हुन्छ। क्लोजिङपछि ऋण लिएर सेयरमा लगानी गर्ने क्रम पनि बढ्न सक्छ,’ उनले भने, ‘त्यसमाथि प्रधानमन्त्री र गभर्नरबीच पुँजीबजारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको खबरलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्।’

रानाभाटका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न जारी गरेको पछिल्लो निर्देशनले पनि लगानीकर्ताको अन्योलता हटाएको छ।

‘मार्जिन लेन्डिङमा सबल कम्पनीको सेयर धितोमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था स्पष्ट भएपछि लगानीकर्ताको अन्योलता हटेको छ। राम्रो कम्पनीको सेयरलाई मात्र प्राथमिकता दिइने हो कि कमजोर कम्पनीको सेयरलाई असर पर्छ भन्ने अन्योल थियो। राष्ट्र बैंकको निर्देशनले यो विषय स्पष्ट पारेको छ,’ उनले भने।

सबल कम्पनीको सेयर धितोमा ८० प्रतिशतसम्म कर्जा
नेपाल राष्ट्र बैंकले नेप्सेमा सूचीकृत कम्पनीको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा बढाउन सकिने व्यवस्था गरेको छ। अब सबल कम्पनीको सेयर धितो राखेर कर्जा लिँदा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाउन सकिने भएको छ।

यसअघि सबै सूचीकृत कम्पनीको सेयर धितोमा मूल्यको अधिकतम ७० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार कम्पनीको वित्तीय अवस्था तथा सबलता विश्लेषणका आधारमा योग्य कम्पनीको सेयर धितोमा थप १० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्नेछ।

यो व्यवस्था चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेखित प्रावधान कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले जारी गरेको निर्देशनमार्फत लागू गरेको हो। लगानीकर्ताका प्रतिनिधिहरूले यसलाई बजारमा सकारात्मक प्रभाव पार्ने नीतिगत सुधारका रूपमा हेरेका छन्।

प्रधानमन्त्री र गभर्नरबीच के भएको थियो छलफल?
प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्र बैंकका गभर्नर पौडेलबीच प्रधानमन्त्री कार्यालयमा करिब एक घण्टा छलफल भएको थियो। भेटमा प्रधानमन्त्री शाहले सेयर बजारमा आबद्ध आम लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्रीले मौद्रिक नीतिमा रहेका अप्ठ्यारा प्रावधानलाई आवश्यकताअनुसार खुकुलो बनाउँदै सेयर बजारमा लगानी गर्ने वातावरण सहज बनाउन सुझाव दिएका थिए।

जवाफमा गभर्नर पौडेलले राष्ट्र बैंकले आवश्यकताअनुसार नीतिलाई लचिलो बनाउने र कुनै पनि वर्ग वा क्षेत्रलाई अनावश्यक रूपमा अप्ठ्यारो पार्ने नीति नलिने प्रतिबद्धता जनाएको बताइएको छ।

के प्रधानमन्त्री–गभर्नर भेटकै कारण बजार बढेको हो?
शुक्रबारको कारोबारलाई हेर्दा प्रधानमन्त्री र गभर्नरबीचको भेटले लगानीकर्ताको मनोबल बढाउन भूमिका खेलेको देखिए पनि एकै दिनको ७९.७४ अंकको वृद्धिलाई एउटै कारणले मात्र व्याख्या गर्न नसकिने बजार विश्लेषकहरूको भनाइ छ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै असार मसान्तको बिक्री चाप हट्नु, मौद्रिक नीतिका प्रावधान कार्यान्वयनसम्बन्धी अन्योलता हट्नु, सबल कम्पनीको सेयर धितोमा ८० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था, ब्याजदरमा देखिएको सहजता, धितोपत्र बोर्डको १० वर्षे मार्गचित्र तथा सरकारको पुँजीबजारप्रतिको सकारात्मक संकेतले बजारमा एकैपटक सकारात्मक मनोविज्ञान निर्माण गरेको देखिन्छ।

यिनै कारणले शुक्रबार बजारमा खरिदकर्ताको सक्रियता बढेको लगानीकर्ताका प्रतिनिधिहरूको विश्लेषण छ। अब आगामी कारोबार दिनमा पनि बजारले यही गति कायम राख्न सकेमा नेप्सेले थप सकारात्मक लय समात्न सक्ने उनीहरूको अपेक्षा छ।

‘एक–दुई दिन मात्रै बजार बढेर हुँदैन। अब यो क्रम निरन्तर रहनुपर्छ। आगामी दिनमा पनि बजार क्रमशः बढ्दै गयो भने नेप्सेले सकारात्मक लय समात्न सक्छ,’ रानाभाटले भने।

प्रकाशित: २०८३ साउन ३ गते आईतबार ०८:०१
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

पुँजीबजार सुधार कार्ययोजनाको प्रभाव सेयर बजारमा, नेप्से ४८.५७ अंकले बढ्यो, कारोबार दोब्बर

काठमाडौँ: अर्थमन्त्रालयले अघि सारेको पुँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा परेको छ। सोमबार साँझ सार्वजनिक गरिएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले बजारमा...

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते साँझ बसेको सञ्चालक समितिको...

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

पुनरुत्थान कार्ययोजना पुँजी बजार विकासका लागि महत्त्वपूर्ण नीतिगत पहलः अध्यक्ष ढकाल

काठमाडौँ: स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना