काठमाडौँः साताको चौथो कारोबार दिन आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।


