२०८३ कार्तिक १५ गते शनिवार

सिक्काको डिजाइन परिवर्तन: ‘चुच्चे नक्सा’ नरहनेबारे के भन्छ राष्ट्र बैंक?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, साउन ६
sikka

काठमाडौँः नेपाल राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका सिक्काको डिजाइन परिवर्तन गर्ने तयारी गरेसँगै नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा रहने वा नरहने विषय चर्चामा आएको छ।

नयाँ डिजाइनमा उपल्लो मुस्ताङस्थित लो–घेकर गुम्बाको चित्र राख्ने प्रस्ताव सार्वजनिक भएपछि सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा हटाउन लागिएको भन्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस सुरु भएको हो। यस विषयमा भारतीय सञ्चारमाध्यमले समेत चासो देखाएका छन्।

तर, नेपाल राष्ट्र बैंकले भने सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने निर्णय भइनसकेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले सञ्चारमाध्यममा आएजस्तो नक्सा हटाउने निर्णय भइनसकेको बताए।

‘मैले पनि सामाजिक सञ्जालमा यस्ता समाचारहरू देखेको छु। तर, अहिले नै चुच्चे नक्सा हटाउन लागिएको भन्ने होइन। यस विषयमा राष्ट्र बैंक र सरकारबीच छलफल भइरहेको छ। मन्त्रिपरिषद्को अन्तिम निर्णय आएपछि मात्र त्यसलाई आधिकारिक मान्न सकिन्छ,’ पौडेलले भने, ‘जहाँसम्म मलाई लाग्छ, अहिले चर्चा भइरहेको जस्तो अवस्था हुँदैन।’

राष्ट्र बैंक सञ्चालक समितिले १ र २ रुपैयाँका सिक्काको डिजाइन परिमार्जन गरी स्वीकृतिका लागि सरकारसमक्ष पठाएको प्रस्ताव मन्त्रिपरिषद्ले गत असार ३२ गते स्वीकृत गरेको थियो। प्रस्तावित नयाँ डिजाइनमा उपल्लो मुस्ताङस्थित लो–घेकर गुम्बाको चित्र समावेश गर्ने तयारी गरिएको बताइएको छ।

हाल प्रचलनमा रहेका १ र २ रुपैयाँका सिक्काको अग्रभागमा नेपालको नक्सा अंकित छ। १ रुपैयाँको सिक्काको पछिल्लो भागमा सगरमाथा र २ रुपैयाँको सिक्काको पछिल्लो भागमा जानकी मन्दिरको चित्र रहेको छ।

नयाँ डिजाइनमा लो–घेकर गुम्बाको चित्र राख्ने प्रस्तावसँगै सिक्कामा नेपालको नक्सा रहने वा नरहने विषय चर्चामा आएको हो। आलोचना बढेपछि लो–घेकर गुम्बाको चित्रसँगै नेपालको चुच्चे नक्सासमेत समावेश हुने गरी डिजाइन पुनः तयार पारेर सिफारिस गर्न सरकारबाट भनिएको स्रोतको दाबी छ।

यद्यपि, यस विषयमा राष्ट्र बैंक र सरकारबाट औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन। राष्ट्र बैंकका प्रवक्ता पौडेलले पनि सिक्काको अन्तिम डिजाइनबारे सरकार र राष्ट्र बैंकबीच छलफल भइरहेको बताए।

‘यो विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे सरकार र राष्ट्र बैंकबीच छलफल भइरहेको छ। छलफलपछि नै यसको अन्तिम धारणा आउनेछ,’ उनले भने।

लागत घटाउन सिक्काको धातु र तौल परिवर्तन
राष्ट्र बैंकका अनुसार सिक्काको डिजाइन परिवर्तन गर्नुको एउटा कारण लागत र वातावरणीय प्रभावसमेत कम गर्नु हो। डिजाइनसँगै १ रुपैयाँको सिक्काको तौल र टकमरीमा प्रयोग हुने धातु परिवर्तन गर्ने तयारी गरिएको छ।

हाल १ र २ रुपैयाँका सिक्का पहेँलो रङमा टकमरी हुँदै आएका छन्। राष्ट्र बैंकका प्रवक्ता पौडेलका अनुसार १ रुपैयाँको सिक्का उत्पादन गर्दा १ रुपैयाँ भन्दा बढी लागत लाग्छ, त्यसैले लागत घटाउने उद्देश्यले धातु परिवर्तन गर्न लागिएको हो।

‘१ रुपैयाँको सिक्का टकमरी गर्दा १ रुपैयाँभन्दा बढी खर्च हुने अवस्था छ। त्यसैले खर्च कम गर्न र तौलसमेत घटाउन सेतो धातुमा सिक्का उत्पादन गर्ने तयारी गरिएको हो,’ पौडेलले भने, ‘राष्ट्र बैंकले प्रस्ताव गरेको डिजाइनअनुसार अब सिक्का स्टिलबाट बनाउने तयारी छ।’

नयाँ व्यवस्थापछि सिक्काको रङ र तौलमा समेत परिवर्तन आउनेछ। यसबाट सिक्का उत्पादनको लागत घट्ने राष्ट्र बैंकको अपेक्षा छ।

कसरी हुन्छ सिक्का तथा नोटको डिजाइन परिवर्तन ?
नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली, २०५९ अनुसार राष्ट्र बैंकले निष्काशन गर्ने विभिन्न दरका नोट तथा सिक्काको डिजाइन तयार गर्न र सिफारिस गर्न डिजाइन समिति रहने व्यवस्था छ।

उक्त समितिको अध्यक्ष राष्ट्र बैंकका गभर्नर हुन्छन्। समितिमा दुवै डेपुटी गभर्नर, नेपाल प्रज्ञा प्रतिष्ठानका भाषाविद्, पुरातत्व विभागका महानिर्देशक, सम्बन्धित सरकारी निकायका महानिर्देशक वा राजपत्रांकित प्रथम श्रेणीका अधिकारी, त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका प्राध्यापक तथा राष्ट्र बैंकले तोकेको नेपाली नोट तथा सिक्का विशेषज्ञ सदस्य रहने व्यवस्था छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख समितिको सदस्य–सचिव हुन्छन्।

डिजाइन समितिले नयाँ नोट तथा सिक्काको डिजाइन छनोट गर्नुका साथै चलनचल्तीमा रहेका नोट तथा सिक्काको डिजाइनमा आवश्यक परिवर्तन गर्न सक्छ। त्यस्तै, नोट तथा सिक्कामा राखिने प्राकृतिक सम्पदा, मन्दिर, देवीदेवता, पशुपन्छीलगायतका चित्र छनोट गर्ने तथा नोट र सिक्काको आकार निर्धारण गर्ने जिम्मेवारी पनि समितिको हुन्छ।

डिजाइन समितिले तयार गरेको नयाँ वा परिमार्जित डिजाइन राष्ट्र बैंकको सञ्चालक समितिमा पेस गरिन्छ। सञ्चालक समितिबाट स्वीकृत भएपछि अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव पठाइन्छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार नेपाल सरकारको स्वीकृतिबिना नयाँ डिजाइनका नोट तथा सिक्का निष्काशन गर्न वा प्रचलनमा रहेका नोट तथा सिक्काको डिजाइन परिवर्तन गरी चलनचल्तीमा ल्याउन पाइँदैन।

ऐनको दफा ५२ को उपदफा (७) मा राष्ट्र बैंकले नेपाल सरकारको स्वीकृति लिएर विभिन्न मूल्य, नाप, तौल, शुद्धता, डिजाइन तथा धातु वा मिश्रित धातुका सिक्का टकमरी गरी चलनचल्तीमा ल्याउन सक्ने व्यवस्था छ।

सोही कानुनी प्रक्रियाअनुसार १ र २ रुपैयाँका सिक्काको डिजाइन परिवर्तनको प्रस्ताव राष्ट्र बैंकबाट सरकारसमक्ष पुगेको हो। अब नयाँ सिक्काको अन्तिम डिजाइनमा लो–घेकर गुम्बाको चित्रसँगै नेपालको चुच्चे नक्सा रहने वा नरहने भन्ने विषय सरकार र राष्ट्र बैंकबीचको छलफलपछि टुंगो लाग्नेछ।

सिक्काको डिजाइन परिवर्तनको विषयले अहिले राष्ट्रिय पहिचान, सांस्कृतिक सम्पदा र मुद्रा डिजाइनमा प्रयोग हुने प्रतीकबारे बहससमेत निम्त्याएको छ। त्यसैले नयाँ सिक्काको अन्तिम डिजाइन सार्वजनिक हुनुअघि नै यसको निर्णय प्रक्रिया र त्यसमा समावेश गरिने चित्र तथा प्रतीकलाई लिएर चासो बढेको छ।

प्रकाशित: २०८३ साउन ६ गते बुधबार ०३:०५
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना