२०८३ भदौ ३० गते मङ्गलबार

सिक्काको डिजाइन परिवर्तन: ‘चुच्चे नक्सा’ नरहनेबारे के भन्छ राष्ट्र बैंक?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, साउन ६
sikka

काठमाडौँः नेपाल राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका सिक्काको डिजाइन परिवर्तन गर्ने तयारी गरेसँगै नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा रहने वा नरहने विषय चर्चामा आएको छ।

नयाँ डिजाइनमा उपल्लो मुस्ताङस्थित लो–घेकर गुम्बाको चित्र राख्ने प्रस्ताव सार्वजनिक भएपछि सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा हटाउन लागिएको भन्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस सुरु भएको हो। यस विषयमा भारतीय सञ्चारमाध्यमले समेत चासो देखाएका छन्।

तर, नेपाल राष्ट्र बैंकले भने सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने निर्णय भइनसकेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले सञ्चारमाध्यममा आएजस्तो नक्सा हटाउने निर्णय भइनसकेको बताए।

‘मैले पनि सामाजिक सञ्जालमा यस्ता समाचारहरू देखेको छु। तर, अहिले नै चुच्चे नक्सा हटाउन लागिएको भन्ने होइन। यस विषयमा राष्ट्र बैंक र सरकारबीच छलफल भइरहेको छ। मन्त्रिपरिषद्को अन्तिम निर्णय आएपछि मात्र त्यसलाई आधिकारिक मान्न सकिन्छ,’ पौडेलले भने, ‘जहाँसम्म मलाई लाग्छ, अहिले चर्चा भइरहेको जस्तो अवस्था हुँदैन।’

राष्ट्र बैंक सञ्चालक समितिले १ र २ रुपैयाँका सिक्काको डिजाइन परिमार्जन गरी स्वीकृतिका लागि सरकारसमक्ष पठाएको प्रस्ताव मन्त्रिपरिषद्ले गत असार ३२ गते स्वीकृत गरेको थियो। प्रस्तावित नयाँ डिजाइनमा उपल्लो मुस्ताङस्थित लो–घेकर गुम्बाको चित्र समावेश गर्ने तयारी गरिएको बताइएको छ।

हाल प्रचलनमा रहेका १ र २ रुपैयाँका सिक्काको अग्रभागमा नेपालको नक्सा अंकित छ। १ रुपैयाँको सिक्काको पछिल्लो भागमा सगरमाथा र २ रुपैयाँको सिक्काको पछिल्लो भागमा जानकी मन्दिरको चित्र रहेको छ।

नयाँ डिजाइनमा लो–घेकर गुम्बाको चित्र राख्ने प्रस्तावसँगै सिक्कामा नेपालको नक्सा रहने वा नरहने विषय चर्चामा आएको हो। आलोचना बढेपछि लो–घेकर गुम्बाको चित्रसँगै नेपालको चुच्चे नक्सासमेत समावेश हुने गरी डिजाइन पुनः तयार पारेर सिफारिस गर्न सरकारबाट भनिएको स्रोतको दाबी छ।

यद्यपि, यस विषयमा राष्ट्र बैंक र सरकारबाट औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन। राष्ट्र बैंकका प्रवक्ता पौडेलले पनि सिक्काको अन्तिम डिजाइनबारे सरकार र राष्ट्र बैंकबीच छलफल भइरहेको बताए।

‘यो विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे सरकार र राष्ट्र बैंकबीच छलफल भइरहेको छ। छलफलपछि नै यसको अन्तिम धारणा आउनेछ,’ उनले भने।

लागत घटाउन सिक्काको धातु र तौल परिवर्तन
राष्ट्र बैंकका अनुसार सिक्काको डिजाइन परिवर्तन गर्नुको एउटा कारण लागत र वातावरणीय प्रभावसमेत कम गर्नु हो। डिजाइनसँगै १ रुपैयाँको सिक्काको तौल र टकमरीमा प्रयोग हुने धातु परिवर्तन गर्ने तयारी गरिएको छ।

हाल १ र २ रुपैयाँका सिक्का पहेँलो रङमा टकमरी हुँदै आएका छन्। राष्ट्र बैंकका प्रवक्ता पौडेलका अनुसार १ रुपैयाँको सिक्का उत्पादन गर्दा १ रुपैयाँ भन्दा बढी लागत लाग्छ, त्यसैले लागत घटाउने उद्देश्यले धातु परिवर्तन गर्न लागिएको हो।

‘१ रुपैयाँको सिक्का टकमरी गर्दा १ रुपैयाँभन्दा बढी खर्च हुने अवस्था छ। त्यसैले खर्च कम गर्न र तौलसमेत घटाउन सेतो धातुमा सिक्का उत्पादन गर्ने तयारी गरिएको हो,’ पौडेलले भने, ‘राष्ट्र बैंकले प्रस्ताव गरेको डिजाइनअनुसार अब सिक्का स्टिलबाट बनाउने तयारी छ।’

नयाँ व्यवस्थापछि सिक्काको रङ र तौलमा समेत परिवर्तन आउनेछ। यसबाट सिक्का उत्पादनको लागत घट्ने राष्ट्र बैंकको अपेक्षा छ।

कसरी हुन्छ सिक्का तथा नोटको डिजाइन परिवर्तन ?
नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली, २०५९ अनुसार राष्ट्र बैंकले निष्काशन गर्ने विभिन्न दरका नोट तथा सिक्काको डिजाइन तयार गर्न र सिफारिस गर्न डिजाइन समिति रहने व्यवस्था छ।

उक्त समितिको अध्यक्ष राष्ट्र बैंकका गभर्नर हुन्छन्। समितिमा दुवै डेपुटी गभर्नर, नेपाल प्रज्ञा प्रतिष्ठानका भाषाविद्, पुरातत्व विभागका महानिर्देशक, सम्बन्धित सरकारी निकायका महानिर्देशक वा राजपत्रांकित प्रथम श्रेणीका अधिकारी, त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका प्राध्यापक तथा राष्ट्र बैंकले तोकेको नेपाली नोट तथा सिक्का विशेषज्ञ सदस्य रहने व्यवस्था छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख समितिको सदस्य–सचिव हुन्छन्।

डिजाइन समितिले नयाँ नोट तथा सिक्काको डिजाइन छनोट गर्नुका साथै चलनचल्तीमा रहेका नोट तथा सिक्काको डिजाइनमा आवश्यक परिवर्तन गर्न सक्छ। त्यस्तै, नोट तथा सिक्कामा राखिने प्राकृतिक सम्पदा, मन्दिर, देवीदेवता, पशुपन्छीलगायतका चित्र छनोट गर्ने तथा नोट र सिक्काको आकार निर्धारण गर्ने जिम्मेवारी पनि समितिको हुन्छ।

डिजाइन समितिले तयार गरेको नयाँ वा परिमार्जित डिजाइन राष्ट्र बैंकको सञ्चालक समितिमा पेस गरिन्छ। सञ्चालक समितिबाट स्वीकृत भएपछि अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव पठाइन्छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार नेपाल सरकारको स्वीकृतिबिना नयाँ डिजाइनका नोट तथा सिक्का निष्काशन गर्न वा प्रचलनमा रहेका नोट तथा सिक्काको डिजाइन परिवर्तन गरी चलनचल्तीमा ल्याउन पाइँदैन।

ऐनको दफा ५२ को उपदफा (७) मा राष्ट्र बैंकले नेपाल सरकारको स्वीकृति लिएर विभिन्न मूल्य, नाप, तौल, शुद्धता, डिजाइन तथा धातु वा मिश्रित धातुका सिक्का टकमरी गरी चलनचल्तीमा ल्याउन सक्ने व्यवस्था छ।

सोही कानुनी प्रक्रियाअनुसार १ र २ रुपैयाँका सिक्काको डिजाइन परिवर्तनको प्रस्ताव राष्ट्र बैंकबाट सरकारसमक्ष पुगेको हो। अब नयाँ सिक्काको अन्तिम डिजाइनमा लो–घेकर गुम्बाको चित्रसँगै नेपालको चुच्चे नक्सा रहने वा नरहने भन्ने विषय सरकार र राष्ट्र बैंकबीचको छलफलपछि टुंगो लाग्नेछ।

सिक्काको डिजाइन परिवर्तनको विषयले अहिले राष्ट्रिय पहिचान, सांस्कृतिक सम्पदा र मुद्रा डिजाइनमा प्रयोग हुने प्रतीकबारे बहससमेत निम्त्याएको छ। त्यसैले नयाँ सिक्काको अन्तिम डिजाइन सार्वजनिक हुनुअघि नै यसको निर्णय प्रक्रिया र त्यसमा समावेश गरिने चित्र तथा प्रतीकलाई लिएर चासो बढेको छ।

प्रकाशित: २०८३ साउन ६ गते बुधबार ०३:०५
प्रतिक्रिया

थप समाचार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक...

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना