२०८३ साउन ११ गते सोमबार

अब नेपालमा २०० र ५०० दरका भारतीय नोट चलाउन पाइने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
nrb_head

काठमाडौँः नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धमा प्रचलित व्यवस्थाबारे पुनः जानकारी गराएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका व्यवस्थालाई आधार बनाउँदै विदेशी मुद्रा ल्याउने र लैजानेसम्बन्धी प्रावधान स्पष्ट पारेको हो।

राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म नगद विदेशी मुद्रा नेपालमा भित्र्याउन सक्नेछन्। भारतीय रुपैयाँको हकमा भने अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँसम्म नेपाल ल्याउन सकिने व्यवस्था रहेको छ।

त्यस्तै, नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशित नहुने अन्य विदेशी मुद्राको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्मको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सकिने राष्ट्र बैंकले जनाएको छ।

तर, अमेरिकी डलर ५ हजारभन्दा बढी रकम नेपाल भित्र्याउनुपर्ने अवस्थामा भने सम्बन्धित व्यक्तिले अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको छ। राष्ट्र बैंकले यसअघि प्रकाशित सूचनामा उल्लेखित व्यवस्थालाई पुनः स्पष्ट पार्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना पुनः प्रकाशन गरेको जनाएको छ।

भारतीय रुपैयाँको कारोबारमा पनि सीमा तोकियो

राष्ट्र बैंकले भारतीय रुपैयाँको कारोबार तथा नेपाल भित्र्याउने र बाहिर लैजाने विषयमा समेत स्पष्ट व्यवस्था गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि प्रचलनमा रहेका भारतीय रुपैयाँ ५०० र १ हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था रहेको छ।

तर, सन् २०१६ नोभेम्बर ९ देखि निष्काशन भई चलनचल्तीमा रहेका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म प्रचलित व्यवस्थाअनुसार नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

यसको अर्थ नेपाल आउने नेपाली वा भारतीय नागरिकले तोकिएको सीमाभित्र रही नयाँ भारतीय रुपैयाँका २०० र ५०० दरका नोट साथमा ल्याउन सक्नेछन्। त्यस्तै, प्रचलित नियमअनुसार तोकिएको सीमाभित्रको भारतीय रुपैयाँ नेपालबाट बाहिर लैजान तथा सटही गर्न पनि सकिनेछ।

भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान रोक

राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान नपाउने व्यवस्था रहेको पनि पुनः स्पष्ट पारेको छ।

त्यस्तै, अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउनसमेत नपाइने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। यसले भारतीय रुपैयाँको कारोबारलाई भारतसँग सम्बन्धित वैधानिक कारोबार तथा प्रचलित विदेशी विनिमयसम्बन्धी व्यवस्थाभित्र सीमित गरेको छ।

राष्ट्र बैंकले विदेशी मुद्रा तथा भारतीय रुपैयाँको कारोबार गर्दा प्रचलित कानुन, नियम तथा तोकिएको सीमाको पालना गर्न आग्रह गरेको छ। तोकिएको सीमाभन्दा बढी नगद विदेशी मुद्रा नेपाल भित्र्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने भएकाले यात्रु तथा सम्बन्धित व्यक्तिलाई आवश्यक प्रक्रिया पूरा गर्न राष्ट्र बैंकले सचेत गराएको छ।

पुरानो सूचना खारेज

राष्ट्र बैंकले यसै विषयसँग सम्बन्धित २०८२/०५/१० मा प्रकाशित सूचना खारेज गरिएको जनाएको छ। नयाँ सूचनामार्फत नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने तथा भारतीय रुपैयाँको कारोबारसम्बन्धी प्रचलित व्यवस्थालाई पुनः स्पष्ट पारिएको हो।

राष्ट्र बैंकको यो व्यवस्थाले नेपाल आउने विदेशी तथा नेपाली नागरिकलाई नगद विदेशी मुद्रा ल्याउँदा लागू हुने सीमा र भन्सार घोषणासम्बन्धी नियमबारे स्पष्टता प्रदान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी, ५ हजार अमेरिकी डलरसम्मको नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा आवश्यक नपर्ने भए पनि सोभन्दा बढी रकम ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने व्यवस्था यात्रुहरूले ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित: २०८३ साउन ७ गते बिहिबार ०६:२२
प्रतिक्रिया

थप समाचार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...

यस्तो हुनेछ चुच्चे नक्सासहितको एक रूपैयाँको सिक्का

काठमाडौँ: सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा...

तीन प्रतिष्ठित अवार्ड पाएपछि नबिल बैंकको प्रतिक्रियाः ‘यो विश्वासको परिणाम हो’

काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना