काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज परिसूचक नेप्से ३३.२८ अंक घटेर २ हजार ७०१.३२ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा यस दिन ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १३.३८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


