२०८३ कार्तिक ११ गते मङ्गलबार

खण्डहर बनेको गोदावरी मार्बल (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १६
default
तस्बिर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ: उद्योगका याद विस्मृत भएका छैनन्। कुन कुनामा के राखिन्थ्यो, के काम हुन्थ्यो आज पनि मुखाग्र छ। यसका अलावा रामानन्द चौधरीलाई थाहा छ – गोदावरी मार्बल फेरि चल्दैन।

उनी ललितपुरस्थित गोदावरी मार्बल इन्डष्ट्रिजका कर्मचारी हुन्। यो उद्योग बन्द भएको एक दशक भइसक्यो। सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ मा वातावरणीय प्रभावको कारण देखाएर उद्योगको अनुमति खारेज गरेको थियो। त्यसयता पनि उनी आफूले काम गरेको उद्योगमै भेटिन्छन्। न त्यो उद्योग चलेको छ, न फेरि कुनैदिन चल्छ।

सयौँ प्रजातिका चरा, पुतली, वनस्पति र सिंगो वातावरणलाई खलल पुर्‍याउने गरी यो उद्योग चल्नुपर्छ वा चलाउनुपर्छ भन्ने होइन। तर, नेपाली मार्बल उद्योग इतिहासको एउटा कोसेढुंगा मानिने यो उद्योग भने खण्डहर बनेको छ। यहाँका भौतिक संरचना, मेसिन र पूर्वाधार प्रयोगविहीन छन्। न उद्योग धनीले यो बिक्री गरेका छन्, न राज्यले लिएको छ।

२०२३ सालमा गोदावरीमा मार्बल उद्योग खुलेको थियो। २०४५ सालदेखि काम गरेका रामानन्द मार्बलको मोटाइ नाप्थे। मार्बल उत्पादन गर्न भ्याइ–नभ्याइ हुन्थ्यो। उनकाअनुसार शनिबारबाहेक हप्तामा ६ दिन, २४ घण्टा उद्योग चल्थ्यो। वातावरणीय कारणले बन्द उद्योग कुनै वैकल्पिक व्यवस्था गरेर चलिदिए हुन्थ्यो भन्ने उनको रहर छ। ‘हामी त यहीँ बुढो भइयो। यो चलेदेखि सरकार र आउने पुस्तालाई राम्रो हुन्थ्यो भन्ने मेरो मनमा लाग्छ,’ उनी विगत सम्झन्छन्, ‘त्यतिबेला सबैभन्दा धेरै मार्बल भारत जान्थ्यो। बंगलादेश र पाकिस्तान पनि निर्यात हुन्थ्यो।’

अर्का कामदार हेमबहादुर गुरुङलाई पनि उद्योगको अवस्था देखेर मन भारी हुन्छ। उनको सम्झनामा दिनमा ४ वटासम्म ट्रकले मार्बल ओसार्थे। मेसिन पनि काम नलाग्ने भएकाले मर्मत गरेर चलाउन निकै खर्चिलो रहेको उनी सुनाउँछन्। ‘अब त मर्मत गर्नै १/२ करोड लाग्छ होला। सामान काम लाग्दैन,’ उनी भन्छन्, ‘अब आश के हुनु। हामी त बुढो भैयो! काम गर्न पनि सक्दैन।’

इतिहास बनेको गोदावरी मार्बलपछि पनि नेपालमा खानी तथा खनिज उद्योगको कमी छैन। खनिजको अध्ययन र अनुसन्धान पनि कम भएको छैन। नेपालमा हालसम्म ६३ प्रकारका खनिज पत्ता लागेको खानी तथा भूगर्भ विभागको अभिलेख छ। अहिले पनि खोजतलास र उत्खनन् गरेर १ सय ७१ अनुमति पत्र जारी भएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए। धेरैजसो उत्खनन् अनुमति चुनढुंगाका लागि दिने गरिएको उनले बताए।

२५ प्रकारका खनिजको अनुसन्धान गर्न १ सय ४ वटा र १९ वटा खनिज उत्खनन् गर्न १ सय ६७ अनुमतिपत्र जारी भएको उनले बताए। ‘खनिजको सम्भावना छ छैन। छ भने कति छ। कसरी उत्खनन् गर्ने भनेर अध्ययन अनुमतिपत्र दिइन्छ। उत्खनन् गर्न अर्को अनुमति पत्र हुन्छ,’ उनले सुनाए, ‘तामा र धातुमा बढी चासो भएकाले अनुसन्धानका लागि पत्र लिइरहेको अवस्था छ।’

उनकाअनुसार धातुको अन्वेषण, प्रशोधन गर्न विभागसँग जनशक्ति छैन। कति धातु निस्कन्छ भन्ने पत्ता लगाउन विदेशी संस्थासँग सहकार्य गर्नुपर्छ। त्यसैले निजी क्षेत्रले धातुको अनुसन्धान गर्छन्।

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन्। उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन। त्यसैले सजिलै उत्खनन् गर्न सकिने ग्रेनाइट, डोलोमाइट, स्लेट ढुंगाजस्ता खनिज उत्खनन् गरेर बजारीकरणमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। ‘धातुजन्य खनिजमा आज लगानी गरेर अर्को साल लाभ लिने, बिक्री वितरण गर्नसक्ने अवस्था छैन। यो विषय जटिल भएकाले ४/५ वर्षको समय अन्वेषणदेखि उत्पादनसम्म लाग्छ,’ उनले थपे, ‘कम प्रविधि र खर्च लाग्ने खनिजलाई प्राथमिकता दिन सके आयात घटाउन सकिन्छ।’

उनको अनुभवमा नेपालमा अनुसन्धान गर्ने सरकारी जनशक्तिको अभाव छ। खानी, खनिजको पढाइ हुने विश्वविद्यालय नभएको र विदेशमा पढ्न जानुपर्ने बाध्यता रहेको उनले सुनाए। तर, विदेश पढेकाहरु सेवासुविधाले गर्दा नेपालमा काम गर्न उत्प्रेरित छैनन्। त्यसैले सहायक तहका जनशक्तिलाई तालिम दिएर काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए।





प्रकाशित: २०८३ साउन १६ गते शनिवार १२:०२
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना