२०८३ साउन २७ गते बुधबार

खण्डहर बनेको गोदावरी मार्बल (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १६
default
तस्बिर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ: उद्योगका याद विस्मृत भएका छैनन्। कुन कुनामा के राखिन्थ्यो, के काम हुन्थ्यो आज पनि मुखाग्र छ। यसका अलावा रामानन्द चौधरीलाई थाहा छ – गोदावरी मार्बल फेरि चल्दैन।

उनी ललितपुरस्थित गोदावरी मार्बल इन्डष्ट्रिजका कर्मचारी हुन्। यो उद्योग बन्द भएको एक दशक भइसक्यो। सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ मा वातावरणीय प्रभावको कारण देखाएर उद्योगको अनुमति खारेज गरेको थियो। त्यसयता पनि उनी आफूले काम गरेको उद्योगमै भेटिन्छन्। न त्यो उद्योग चलेको छ, न फेरि कुनैदिन चल्छ।

सयौँ प्रजातिका चरा, पुतली, वनस्पति र सिंगो वातावरणलाई खलल पुर्‍याउने गरी यो उद्योग चल्नुपर्छ वा चलाउनुपर्छ भन्ने होइन। तर, नेपाली मार्बल उद्योग इतिहासको एउटा कोसेढुंगा मानिने यो उद्योग भने खण्डहर बनेको छ। यहाँका भौतिक संरचना, मेसिन र पूर्वाधार प्रयोगविहीन छन्। न उद्योग धनीले यो बिक्री गरेका छन्, न राज्यले लिएको छ।

२०२३ सालमा गोदावरीमा मार्बल उद्योग खुलेको थियो। २०४५ सालदेखि काम गरेका रामानन्द मार्बलको मोटाइ नाप्थे। मार्बल उत्पादन गर्न भ्याइ–नभ्याइ हुन्थ्यो। उनकाअनुसार शनिबारबाहेक हप्तामा ६ दिन, २४ घण्टा उद्योग चल्थ्यो। वातावरणीय कारणले बन्द उद्योग कुनै वैकल्पिक व्यवस्था गरेर चलिदिए हुन्थ्यो भन्ने उनको रहर छ। ‘हामी त यहीँ बुढो भइयो। यो चलेदेखि सरकार र आउने पुस्तालाई राम्रो हुन्थ्यो भन्ने मेरो मनमा लाग्छ,’ उनी विगत सम्झन्छन्, ‘त्यतिबेला सबैभन्दा धेरै मार्बल भारत जान्थ्यो। बंगलादेश र पाकिस्तान पनि निर्यात हुन्थ्यो।’

अर्का कामदार हेमबहादुर गुरुङलाई पनि उद्योगको अवस्था देखेर मन भारी हुन्छ। उनको सम्झनामा दिनमा ४ वटासम्म ट्रकले मार्बल ओसार्थे। मेसिन पनि काम नलाग्ने भएकाले मर्मत गरेर चलाउन निकै खर्चिलो रहेको उनी सुनाउँछन्। ‘अब त मर्मत गर्नै १/२ करोड लाग्छ होला। सामान काम लाग्दैन,’ उनी भन्छन्, ‘अब आश के हुनु। हामी त बुढो भैयो! काम गर्न पनि सक्दैन।’

इतिहास बनेको गोदावरी मार्बलपछि पनि नेपालमा खानी तथा खनिज उद्योगको कमी छैन। खनिजको अध्ययन र अनुसन्धान पनि कम भएको छैन। नेपालमा हालसम्म ६३ प्रकारका खनिज पत्ता लागेको खानी तथा भूगर्भ विभागको अभिलेख छ। अहिले पनि खोजतलास र उत्खनन् गरेर १ सय ७१ अनुमति पत्र जारी भएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए। धेरैजसो उत्खनन् अनुमति चुनढुंगाका लागि दिने गरिएको उनले बताए।

२५ प्रकारका खनिजको अनुसन्धान गर्न १ सय ४ वटा र १९ वटा खनिज उत्खनन् गर्न १ सय ६७ अनुमतिपत्र जारी भएको उनले बताए। ‘खनिजको सम्भावना छ छैन। छ भने कति छ। कसरी उत्खनन् गर्ने भनेर अध्ययन अनुमतिपत्र दिइन्छ। उत्खनन् गर्न अर्को अनुमति पत्र हुन्छ,’ उनले सुनाए, ‘तामा र धातुमा बढी चासो भएकाले अनुसन्धानका लागि पत्र लिइरहेको अवस्था छ।’

उनकाअनुसार धातुको अन्वेषण, प्रशोधन गर्न विभागसँग जनशक्ति छैन। कति धातु निस्कन्छ भन्ने पत्ता लगाउन विदेशी संस्थासँग सहकार्य गर्नुपर्छ। त्यसैले निजी क्षेत्रले धातुको अनुसन्धान गर्छन्।

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन्। उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन। त्यसैले सजिलै उत्खनन् गर्न सकिने ग्रेनाइट, डोलोमाइट, स्लेट ढुंगाजस्ता खनिज उत्खनन् गरेर बजारीकरणमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। ‘धातुजन्य खनिजमा आज लगानी गरेर अर्को साल लाभ लिने, बिक्री वितरण गर्नसक्ने अवस्था छैन। यो विषय जटिल भएकाले ४/५ वर्षको समय अन्वेषणदेखि उत्पादनसम्म लाग्छ,’ उनले थपे, ‘कम प्रविधि र खर्च लाग्ने खनिजलाई प्राथमिकता दिन सके आयात घटाउन सकिन्छ।’

उनको अनुभवमा नेपालमा अनुसन्धान गर्ने सरकारी जनशक्तिको अभाव छ। खानी, खनिजको पढाइ हुने विश्वविद्यालय नभएको र विदेशमा पढ्न जानुपर्ने बाध्यता रहेको उनले सुनाए। तर, विदेश पढेकाहरु सेवासुविधाले गर्दा नेपालमा काम गर्न उत्प्रेरित छैनन्। त्यसैले सहायक तहका जनशक्तिलाई तालिम दिएर काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए।





प्रकाशित: २०८३ साउन १६ गते शनिवार १२:०२
प्रतिक्रिया

थप समाचार

‘सेयर प्राइस डिस्कभरी मेकानिज्ममा’मा जादै सेबोन, कमजोर कम्पनीले पनि पुँजी जुटाउन सक्ने

बोर्डले यसअघि कार्यान्वयनमा ल्याइसकेको बुक बिल्डिङ विधि र प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रणालीलाई थप व्यवस्थित गर्दै ‘प्राइस डिस्कभरी’ प्रक्रियालाई प्रभावकारी बनाउने...

‘सरकारले निजी क्षेत्रलाई विश्वास नगरे, निजी क्षेत्रले पनि सरकारलाई गर्दैन’

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने...

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

यती डिष्टिलरीले १ वर्षमा बेच्यो पौने ६ अर्बको रक्सी

मध्यम अवधिमा नाफाको मार्जिन र राजस्व वृद्धिदरमा खासै परिवर्तन नआउने तथा लाभांश वितरण दर करिब ६० देखि ६५ प्रतिशतन रहने अनुमान गरिएको छ।

सानिगाड हाइड्रोको नाफामा उछाल, बढेर पुग्यो साढे २६ करोड

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना