२०८३ कार्तिक २१ गते शुक्रबार

वर्ल्ड गोल्ड काउन्सिलको दाबी: सुनको मूल्य उल्लेख्य घट्नसक्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
gold

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ। वर्ल्ड गोल्ड काउन्सिल (डब्ल्यूजीसी) ले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ।

काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ। यो स्तर जनवरी महिनामा बनेको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुने काउन्सिलको विश्लेषण छ। यस्तो गिरावट अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले ३,५०० डलरको स्तरलाई महत्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको छ।

हाल अन्र्तरािष्ट्रय बजारमा सुन प्रतिऔंस करिब ४,०६३.८० डलरमा कारोबार भइरहेको छ। लन्डन बुलियन मार्केट एसोसिएसन (एलबीएमए) को गोल्ड प्राइस पीएम सूचक गत साता १ प्रतिशतले घटेर प्रतिऔंस ४,०२७ डलरमा पुगेको छ। यससँगै चालु वर्षको सुरुदेखि सुनको मूल्यमा ७.८ प्रतिशत गिरावट आइसकेको छ।

प्रतिवेदनअनुसार अमेरिकी फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेपछि ब्याजदर सम्बन्धी अपेक्षामा आएको परिवर्तनले सुनको मूल्यमा दबाब सिर्जना गरेको छ। साथै अमेरिका–इरान तनावसँग सम्बन्धित घटनाक्रमका कारण तेलको मूल्य र मुद्रास्फीतिसम्बन्धी चिन्ता पनि लगानीकर्ताको निगरानीमा रहेको छ।

बजारको नयाँ मूल्याङ्कनसँगै गोल्ड ईटीएफमा हुने लगानी प्रवाह सुस्त बनेको छ भने कमेक्समा सुनसम्बन्धी नेट लङ पोजिसन पनि घटेको काउन्सिलले जनाएको छ। यद्यपि विकल्प कारोबार गर्ने लगानीकर्ताले केही हदसम्म नकारात्मक पोजिसन घटाएका छन, जसको एक कारण सम्झौताहरूको अवधि समाप्त हुनु पनि रहेको प्रतिवेदनमा उल्लेख छ।

काउन्सिलका अनुसार पछिल्लो एक महिनादेखि सुनको मूल्य सीमित दायराभित्र उतारचढाव गरिरहेको भए पनि मार्चको सुरुदेखिको ओरालो प्रवृत्तिभन्दा माथि जान सकेको छैन। प्रतिऔंस ३,९४३ डलरभन्दा तल झरेमा मूल्य थप घट्ने संकेत देखिने र त्यसपछि ३,८५७ देखि ३,८८७ डलरको दायरा महत्वपूर्ण प्राविधिक समर्थन क्षेत्र बन्ने उल्लेख गरिएको छ।

यसैबीच, जापानी येनको मजबुतीले सुनलाई केही राहत दिन सक्ने विश्लेषण गरिएको छ। अमेरिका र जापानले संयुक्त रूपमा मुद्रा बजारमा हस्तक्षेप गरेपछि येन बलियो बनेको छ। काउन्सिलका अनुसार यदि बलियो येन र कमजोर अमेरिकी डलरको प्रवृत्ति कायम रह्यो भने त्यसले सुनको मूल्यलाई समर्थन गर्न सक्छ।

आगामी दिनमा अमेरिकी फेडरल रिजर्भको मौद्रिक नीतिसम्बन्धी अपेक्षाले सुनको मूल्य निर्धारणमा मुख्य भूमिका खेल्ने काउन्सिलको भनाइ छ। जुलाई महिनाको उत्पादन तथा सेवा क्षेत्रका सूचकांक बलिया देखिएमा फेडले कडा नीति अपनाउने अपेक्षा थप बलियो हुन सक्छ।

तर रोजगारी वृद्धिदर अपेक्षाकृत कमजोर रहने अनुमान गरिएको छ। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ वार्ताको घोषणा गरेपछि अमेरिका–इरान तनाव केही कम हुन सक्ने र यसले थप ब्याजदर वृद्धिको चिन्ता घटाउन मद्दत पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: २०८३ साउन १९ गते मङ्गलबार ०३:१७
प्रतिक्रिया

थप समाचार

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना