२०८३ कार्तिक २० गते बिहिबार

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्धः सीईओ ज्ञवाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
manoj_gyawali

काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।

अर्थमन्त्रीले वाणिज्य बैंकका सीईओसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले मुलुकमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको बताए।

उनका अनुसार बैंक तथा वित्तीय संस्थामा करिब १४–१५ खर्ब रुपैयाँ अतिरिक्त तरलता रहेकाले त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु अहिलेको मुख्य चुनौती बनेको छ।

उनले सरकारले निजी क्षेत्र, बैंकिङ प्रणाली र उद्यमी–व्यवसायीसँग सहकार्य गरेर उपलब्ध स्रोत–साधनलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिमा उपयोग गर्ने लक्ष्य राखेको बताए।

आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, उत्पादनशील क्षेत्रमा लगानी विस्तार तथा बाह्य क्षेत्रको सन्तुलन सुधारका विषयमा पनि छलफल केन्द्रित रहेको उनको भनाइ छ।

ज्ञवालीका अनुसार अर्थमन्त्रीले यसअघि उत्पादनमूलक उद्योगका व्यवसायीहरूसँग पनि छलफल गरिसकेका छन्। सोही क्रममा प्राप्त सुझावको समीक्षा गर्दै बैंकिङ क्षेत्रसँग पनि परामर्श गरिएको हो। छलफलमा अधिकांश वाणिज्य बैंकका सीईओहरु सहभागी थिए।

उनले अर्थमन्त्रीले सरकार निजी क्षेत्रका समस्या समाधान गर्न तयार रहेको सन्देश दिएको बताए। नीतिगत, कानुनी वा प्रशासनिक कुनै अवरोध भए सुझाव दिन आग्रह गर्दै आवश्यक सुधार गर्न सरकार सकारात्मक रहेको अर्थमन्त्रीको धारणा रहेको उनले जानकारी दिए।

ज्ञवालीले सरकारको यस्तो खुला संवादको पहललाई सकारात्मक भन्दै सरोकारवाला निकायसँग निरन्तर छलफल गरेर नीति निर्माण गर्नु प्रशंसनीय अभ्यास भएको बताए। सुझाव उपयुक्त भए त्यसलाई कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धताले विश्वासको वातावरण निर्माण हुने उनको भनाइ थियो।

उनका अनुसार हाल बैंकिङ क्षेत्रमा ८२ खर्ब रुपैयाँ निक्षेप रहेको छ। जुन मुलुकको अर्थतन्त्रका लागि ठूलो वित्तीय स्रोत हो। राज्यको सीमित पूँजीगत खर्चले मात्र अपेक्षित आर्थिक वृद्धि सम्भव नहुने भएकाले बैंकिङ क्षेत्र, निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित सबै स्रोत परिचालन गरेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने उनले बताए।

ज्ञवालीले प्रधानमन्त्री र अर्थमन्त्रीले विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, निर्माण व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै सरकारले सुझाव र सहकार्यका आधारमा आर्थिक विकासको अभियान अघि बढाउन खोजेको सन्देश स्पष्ट रूपमा दिएको बताए।

प्रकाशित: २०८३ साउन १९ गते मङ्गलबार ०८:०३
प्रतिक्रिया

थप समाचार

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...

राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको...

एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौँः एनआईसी एशिया बैंकले विद्यमान सेयरधनीलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएसँगै...

तिहारका लागि दुई दिन बबरमहलबाट सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँः तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। सीमित मौज्दातमा दुई दिन मात्रै बिक्री खुला गरिने भएकाले सुनचाँदीका...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना