२०८३ साउन २७ गते बुधबार

माइतीघर: उहिले चलचित्रको थलो, अहिले पीडा बिसाउने चौतारो [फोटोफिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
Maitighar Mandala_-657

काठमाडौँको माइतीघरको एक छेउमा पर्चा, पम्प्लेट र ब्यानर कहिल्यै टुट्दैन। यो आफ्ना माग राख्ने, कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउने, सरकारका गतिविधिको विरोध/आलोचना गर्ने ठाउँ बनेको छ।

जेन–जी प्रदर्शन, शिक्षक आन्दोलन, मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडित, बलात्कारपीडित, सुकुम्बासीदेखि हरेक माग राख्नेहरूको मुकाम हो – माइतीघर मण्डला। यहाँ आउने सबैका आवाज सरकारले सुन्छ भन्ने त होइन, तर माइतीघरमा राखिएका धेरै स्वर सिंहदरबारसम्म पुग्छ। यहीकारण माइतीघरमा आन्दोलन गर्ने शिक्षक, मिटरब्याजपीडित, सहकारी पीडित, चिकित्सकलगायत पीडितसँग सरकार वार्ता र सहमतिका लागि आइपुग्छ।

यो स्थानलाई माइतीघर भन्ने नाम कुनै सांस्कृतिक परम्परा, विवाह संस्कार वा महिलाको माइतीसँग सम्बन्धित कारणले होइन, बरु नेपाली चलचित्रको इतिहाससँग जोडिएको एउटा रोचक घटनाबाट स्थापित भएको मानिन्छ। कुनैबेला फिल्मको ब्यानर टाँसिएको माइतीघरमा आज पनि ब्यानरको कमी छैन।

वि.सं. २०२२/२३ तिर नेपालमा निजी क्षेत्रबाट निर्माण भएको पहिलो व्यावसायिक नेपाली चलचित्र ‘माइतीघर’ निर्माण भइरहेको बेला त्यसको निर्माण कम्पनीको कार्यालय तत्कालीन थापाथली क्षेत्रमा थियो। कार्यालय रहेको भवनमा ठूलो अक्षरमा ‘माइतीघर’ लेखिएको साइनबोर्ड टाँगिएको थियो। त्यही सडकबाट दैनिक ठूलो संख्यामा मानिस आवतजावत गर्ने भएकाले उक्त बोर्ड सबैको नजरमा पर्न थाल्यो। बिस्तारै स्थानीयले त्यस वरपरको क्षेत्रलाई नै माइतीघर भनेर चिनाउन थाले, र यही नाम सार्वजनिक प्रयोगमा स्थापित हुँदै गयो।

समयसँगै थापाथलीभन्दा माइतीघर नाम बढी प्रचलित बन्यो। पछि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितको कार्यकालमा त्यहाँ रहेका अव्यवस्थित संरचना हटाई गोलाकार सार्वजनिक संरचना (मण्डला) निर्माण गरियो। त्यसपछि उक्त स्थान माइतीघर मण्डलाका नामले चिनिन थाल्यो।

हिजो चलचित्रको प्रचार गर्न पोष्टर राखिएको माइतीघरमा आज न्याय माग्नेहरूको ब्यानर हुन्छ।

कुनैबेला गोरखाका राजाराम शाहले भनेका थिए– न्याय नपाए गोरखा जानु। आजकल माइतीघरबारे यो उखान खास फरक पर्दैन– न्याय नपाए माइतीघर जानु।

प्रकाशित: २०८३ साउन २२ गते शुक्रबार ०४:३१
प्रतिक्रिया

थप समाचार

नाइमा एक्सपोमा थरीथरीका गाडी, हेर्नुहोस् ३३ तस्बिरमा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ। एक्स्पो आजदेखि साउन...

साउनको अन्तिम सोमबार, ड्रोनबाट यस्तो देखियो पशुपतिनाथ क्षेत्र [तस्बिरहरू]

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ। साउनको...

बजारमा खाना पकाउने ग्यासको अभाव

काठमाडौँ: पछिल्ला दिनमा बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। उद्योग मन्त्रालय र नेपाल आयल निगमले ग्यासको अभाव नरहेको दाबी गरिरहेको छ। तर त्यसको विपरीत बजारमा भने ग्यास पाउनै...

भरी सिलिन्डर पठाउन थालिएसँगै ग्यासको अभाव, सर्वसाधारणको फेरि लाइनमा

काठमाडौं। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेको भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। काठमाडौंको सुकेधारा क्षेत्रलगायतका क्षेत्रमा ग्यासका...

खण्डहर बनेको गोदावरी मार्बल (फोटोफिचर)

काठमाडौँ: उद्योगका याद विस्मृत भएका छैनन्। कुन कुनामा के राखिन्थ्यो, के काम हुन्थ्यो आज पनि मुखाग्र छ। यसका अलावा रामानन्द चौधरीलाई थाहा छ – गोदावरी मार्बल फेरि चल्दैन। उनी ललितपुरस्थित गोदावरी...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना