२०८३ कार्तिक २० गते बिहिबार

सस्तो विद्युतीय गाडी खोज्दै हुनुहुन्छ? आजदेखि बिक्री सुरु भएका यी २ गाडी हुनसक्छन् विकल्प

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २४
download

काठमाडौँ: कम मूल्यमा राम्रो रेन्ज, पर्याप्त फिचर र एसयूभीको अनुभव खोजिरहेका ग्राहकका लागि नेपाली विद्युतीय सवारी बजारमा आजदेखि दुई नयाँ विकल्प थपिएका छन्। टाटा मोटर्सको अपडेटेड पन्च ईभी र लीपमोटरको नयाँ बी–०३ एक्स नेपाली बजारमा बिक्री सुरु भएको हो।

कम्प्याक्ट आकारमा रहेर पनि एसयूभीको स्वरूप, उच्च ग्राउण्ड क्लियरेन्स र आधुनिक प्रविधि उपलब्ध गराउने यी दुई गाडीले विशेषगरी बजेटमैत्री विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्ने देखिन्छ। एकातर्फ नेपाली बजारमा पहिल्यै स्थापित पन्च ईभीको नयाँ संस्करण आउँदैछ भने अर्कोतर्फ लीपमोटरले बी–०३ एक्समार्फत नयाँ प्रतिस्पर्धी प्रवेश गराउँदैछ।

दुवै गाडीको मूल्य सार्वजनिक हुन बाँकी छ। पन्च ईभीलाई सिप्रदी ट्रेडिङले तथा बी–०३ एक्सलाई साँग्रिला मोटर्सले नेपाली बजारमा ल्याएको हो।

पन्च ईभी नेपाली ग्राहकका लागि परिचित नाम हो। नयाँ संस्करणमा कम्पनीले ब्याट्री क्षमता बढाउनुका साथै बाहिरी डिजाइन र भित्री भागमा समेत उल्लेख्य परिमार्जन गरेको छ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। यसअघि बिक्री हुँदै आएको मोडलमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरका ब्याट्री प्रयोग गरिएको थियो। अर्थात् नयाँ संस्करणमा दुवै विकल्पको ब्याट्री क्षमता ५ किलोवाट आवरले बढेको छ।

ब्याट्री ठूलो भएसँगै लामो दूरी यात्रा गर्न चाहने ग्राहकका लागि नयाँ पन्च ईभी थप उपयोगी हुने अपेक्षा गरिएको छ। चार्जिङ क्षमतामा पनि सुधार गरिएको छ। यसले ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ लिन सक्नेछ।

डिजाइनतर्फ नयाँ पन्च ईभीमा टाटाका ठूला विद्युतीय एसयूभीबाट प्रभावित स्वरूप देखिन्छ। यसमा १६ इन्चका एरो–अप्टिमाइज्ड अलोय ह्वील प्रयोग गरिएको छ। अगाडिको भाग र पछाडिको लाइट डिजाइनमा परिवर्तन गरिएको छ भने समग्र बाहिरी स्वरूपलाई अझ आधुनिक बनाइएको छ।

केबिनमा पनि नयाँपन थपिएको छ। १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिनसँगै समान आकारको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ। ट्रिम रङ तथा ड्यासबोर्ड फिनिसमा समेत परिमार्जन गरिएको छ।

उच्च भेरियन्टमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरा जस्ता सुविधा पाउन सकिन्छ।

सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ बिम असिस्टलगायतका सुविधा राखिएका छन्।

नेपाली बजारमा पहिलोपटक लीपमोटर बी–०३ एक्स आकारका हिसाबले यो बीवाइडी एटो–२ आसपासको वर्गमा प्रतिस्पर्धा गर्ने एसयूभीका रूपमा आएको हो। बी–०३ एक्समा १४५ किलोवाटको विद्युतीय मोटर र ५३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गरेपछि सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

चार्जिङमा पनि यसको दाबी बलियो छ। डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याउन करिब १६ मिनेट लाग्ने कम्पनीले जनाएको छ। यसको ऊर्जा खपत १०० किलोमिटर यात्रामा १०.७ किलोवाट आवर रहेको बताइएको छ।

बी–०३ एक्सको लम्बाइ ४२७० मिलिमिटर, चौडाइ १८१० मिलिमिटर, उचाइ १६३५ मिलिमिटर र ह्वीलबेस २६०५ मिलिमिटर छ। यसमा १८ इन्चका अलोय ह्वील प्रयोग गरिएको छ।

प्रकाशित: २०८३ साउन २४ गते आईतबार ०१:३८
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना