२०८३ साउन २७ गते बुधबार

बीवाईडीका अपग्रेडेट सिरिजहरू प्रदर्शनीमा, एक्सपोमा विशेष छुट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
photo-4_3287608d

काठमाडौँ: काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ। एट्टो १, एट्टो २ र एट्टो ३ प्रदर्शनीमा छन्।

एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै मोडलमा नयाँ तथा अपग्रेडेड फिचर थप गरिएको जानकारी दिए। उनका अनुसार एट्टो १ मा ३६० डिग्री क्यामेरा थप गरिएको छ भने एट्टो २ मा नयाँ ‘इसेन्सियल’ भेरियन्ट र एट्टो ३ मा फेसलिफ्ट भर्सन ल्याइएको छ।

‘हाम्रो नयाँ अपग्रेडेड गाडीहरू लन्च गरेका हौं। एट्टो १ मा ३६० डिग्री क्यामेरा एड भएर आएको छ। एट्टो २ मा नयाँ इसेन्सियल भेरियन्ट लन्च भएको छ र एट्टो ३ मा नयाँ फेसलिफ्ट भर्सन आएको छ,’ उनले भने।

महर्जनका अनुसार तीनवटै गाडी बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० मा आधारित छन्। तीनवटै मोडलमा सुरक्षा तथा सुविधा केन्द्रित विभिन्न फिचरहरू उपलब्ध रहेको उनले बताए।

एट्टो १ को नयाँ अपग्रेडमा ३६० डिग्री क्यामेरासँगै वायरलेस चार्जर र अटोमेटिक फोल्डिङ लुकिङ ग्लास थप गरिएको छ। यी फिचर अघिल्लो भेरियन्टमा उपलब्ध थिएनन्।

‘पहिला एट्टो १ मा ३६० डिग्री क्यामेरा आउँदैनथ्यो। अहिले ३६० डिग्री क्यामेरा आएको छ। वायरलेस चार्जर र लुकिङ ग्लासमा अटोमेटिक फोल्डिङको फिचर पनि थप भएको छ,’ उनले भने।

एट्टो २ मा भने कम ब्याट्री क्षमताको नयाँ इसेन्सियल भेरियन्ट थप गरिएको छ। एट्टो ३ मा नयाँ फेसलिफ्ट डिजाइनसहितको मोडल प्रदर्शनीमा राखिएको महर्जनले जानकारी दिए।

यस्तो छ बीवाईडी एट्टोको मूल्य

बीवाईडीका अनुसार एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ। साथै एट्टो १ प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

यस्तै, एट्टो २ इसेन्सियल मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ।

यसैगरी, एट्टो ३ एडभान्स मूल्य ६२ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने एट्टो ३ सुपेरियर भेरियन्ट मूल्य ७८ लाख रुपैयाँ रहेको साइमेक्स इन्क कम्पनीले जनाएको छ।

नेपाली सडक सुहाउँदो गाडी भएको दाबी

महर्जनले एट्टो १ विशेषगरी नेपालको सडकका लागि उपयुक्त रहेको दाबी गरे। सानो आकार, छोटो ह्विलबेस र १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण सामान्य ग्राभेल तथा केही अफरोड सडकमा समेत सहज हुने उनको भनाइ छ।

नेपालमा विद्युतीय सवारीप्रति ग्राहकको आकर्षण बढ्दै गएको महर्जनले बताए। विद्युतीय सवारीको सञ्चालन खर्च आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीको तुलनामा कम हुने भएकाले ग्राहकले यसलाई रुचाएको उनको भनाइ छ।

एक्स्पोमा विशेष अफर

बीवाईडीले एक्स्पोको अवसरमा ग्राहकका लागि विभिन्न सुविधा उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार ग्राहकले एक वर्षको सडक कर, अटो प्लस इन्स्योरेन्स, निःशुल्क एसेसोरिज र एक वर्षको बीवाईडी एप सुविधा पाउनेछन्।

एक्स्पोमा बीवाईडीको स्टल हल नम्बर ५, मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गर्नेबित्तिकैको स्थानमा रहेको छ। ग्राहकले एक्स्पोस्थलमै गाडी हेर्न तथा अनलाइनमार्फत समेत बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

देशभर २० बढी शोरुम र १३ बढी सर्भिस सेन्टर

बीवाईडीले नेपालभर २० भन्दा बढी शोरुम तथा १३ भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा रहेको जनाएको छ। थप चारवटा सर्भिस सेन्टर निर्माणको क्रममा रहेको महर्जनले बताए।

कम्पनीले उपत्यकाबाहिर समेत ग्राहकलाई सेवा उपलब्ध गराउन रोडसाइड असिस्टेन्सको व्यवस्था गरेको उनको भनाइ छ।

साउन ३१ गतेसम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५१ वटा स्टलमा ५५ भन्दा बढी सवारीसाधन प्रदर्शनीमा राखिएका छन्।

एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनी तथा डिलरले नयाँ प्रविधि र पछिल्ला मोडलका विद्युतीय तथा अन्य सवारीसाधन प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०५:५७
प्रतिक्रिया

थप समाचार

डोङफेङ बसका २ मोडल सार्वजनिक, पहिलो ५० ग्राहकलाई ५ लाख छुट, खास मूल्य कति?

काठमाडौँ: हिमालयन अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू नेपाल ल्याएको छ।  कम्पनीले २ मोडलका बस काठमाडौँको भृकुटीमण्डपमा जारी...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा...

रेल तान्न सक्ने शक्तिशाली एमजी मेजेस्टर नेपाल आयो, मूल्य साढे २ करोड

काठमाडौँ: बेलायती विरासत बोकेको एमजी ब्रान्डको अहिलेसम्मकै शक्तिशाली र विशाल एसयूभी ‘मेजेस्टर’ नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले राजधानीमा...

नाइमा एक्सपोमा थरीथरीका गाडी, हेर्नुहोस् ३३ तस्बिरमा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ। एक्स्पो आजदेखि साउन...

निसानको प्रिमियम एसयूभी ‘टेकटन’को बिक्री सुरु, मूल्य कति?

काठमाडौँ: जापानी गाडी निशानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर्स मोटोकर्पले नयाँ एसयूभी ‘टेकटन’ भित्र्याएको छ। ‘नाइमा मोबिलिटी एक्स्पो’ मा कम्पनीले उक्त गाडी औपचारिक रूपमा सार्वजनिक...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना