२०८३ कार्तिक १८ गते मङ्गलबार

प्रभु बैंकको खुद ब्याज आम्दानी २८ प्रतिशतले बढ्यो, आधार दर र लागतमा सुधार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
prabhu_Bank

काठमाडौँः प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।

बैंकले आर्थिक वर्ष २०८२/०८३ मा खुद ब्याज आम्दानी २८.७३ प्रतिशतले बढाउँदै ९ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुर्याएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ थियो।

बैंकको शुल्क तथा कमिसन आम्दानी पनि मजबुत देखिएको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। मुख्य आम्दानीका सूचकमा सुधारसँगै बैंकको आधार दर, स्प्रेड दर तथा स्रोत लागतमा समेत उल्लेख्य कमी आएको छ।

बैंकको आधार दर अघिल्लो आर्थिक वर्षको ६.६७ प्रतिशतबाट घटेर ४.९९ प्रतिशतमा आएको छ।

आम्दानीका प्रमुख सूचकमा सुधार भए पनि कर्जा गुणस्तरमा आएको दबाबका कारण बैंकको नाफा प्रभावित भएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्षको ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत पुगेको छ।

निष्क्रिय कर्जामा भएको वृद्धिसँगै बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि ४ अर्ब ९४ करोड रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ। अघिल्लो आर्थिक वर्षमा करिब २ अर्ब ४० करोड रुपैयाँ प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्षमा करिब ५ अर्ब रुपैयाँ प्रोभिजन गर्नुपरेको हो।

विशेषगरी चौथो त्रैमासमा मात्रै बैंकले २ अर्ब १७ करोड रुपैयाँ थप प्रोभिजन गरेको छ। उच्च प्रोभिजनका कारण आम्दानीमा भएको सुधारको प्रभाव खुद नाफामा देखिन सकेन।

आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ९२ पैसा रहेको छ। घाटामा गएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक भएको छ। अघिल्लो वर्ष ३ रुपैयाँ ७१ पैसा रहेको ईपीएस यस वर्ष १ रुपैयाँ २ पैसा ऋणात्मक भएको छ।

बैंकको सञ्चित घाटा ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षसम्म यस्तो घाटा २ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

बैंकको सीडी रेसियो ७०.७८ प्रतिशतबाट घटेर ६७.८६ प्रतिशतमा आएको छ। बैंकको कुल पुँजीकोष अनुपात १२.५० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा आएको छ। प्राथमिक पुँजीकोष अनुपात ८.८३ प्रतिशत कायम रहेको छ।

गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप संकलनमा वृद्धि भए पनि कर्जा प्रवाह भने घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ।

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार ०२:१४
प्रतिक्रिया

थप समाचार

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड नाघ्यो

काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना