२०८३ कार्तिक १७ गते सोमबार

खराब कर्जा बढ्दो, कुन बैंक कति जोखिममा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
Banijya_BAnk_nepal

काठमाडौँः वाणिज्य बैंकको खराब कर्जा अर्थात् एनपीएल बढ्दै गएको छ। आर्थिक वष २०८२ ८३को चौथो त्रैमाससम्म नेपालका २० वटा वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) औसतमा ५.४४ प्रतिशत रहेको छ। जुन आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्ममा औसत खराब कर्जा ४.६ प्रतिशत कायम भएको थियो।

उपलब्ध वाणिज्य बैंकहरूको तथ्यांकअनुसार सबैभन्दा धेरै खराब कर्जा प्रभु बैंकको रहेको छ भने सबैभन्दा कम एभरेस्ट बैंकको रहेको छ। प्रभु बैंकको एनपीएल १५.५५ प्रतिशत रहेको छ। यो २० वटा बैंकको औसत एनपीएलभन्दा निकै बढी हो।

त्यस्तै, एनआईसी एसिया बैंकको एनपीएल ९.२६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत र हिमालयन बैंकको ७.९६ प्रतिशत रहेको छ।

कुमारी बैंकको एनपीएल ७.४६ प्रतिशत, प्राइम कमर्सियल बैंकको ६.६९ प्रतिशत र सिटिजन्स बैंकको ५.८८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

लक्ष्मी सनराइज बैंकको एनपीएल ५.२३ प्रतिशत र ग्लोबल बैंकको ४.९६ प्रतिशत रहेको छ। एनएमबी बैंकको ४.९१ प्रतिशत, नबिल बैंकको ४.२० प्रतिशत, नेपाल बैंकको ४.१८ प्रतिशत र कृषि विकास बैंकको ४.०७ प्रतिशत खराब कर्जा रहेको छ।

त्यसैगरी, माछापुच्छ्रे बैंकको एनपीएल ३.९८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत र सिद्धार्थ बैंकको ३.५३ प्रतिशत रहेको छ।

नेपाल एसबीआई बैंकको खराब कर्जा २.९२ प्रतिशत र सानिमा बैंकको २.८७ प्रतिशत रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको एनपीएल २.०३ प्रतिशत रहेको छ।

सबैभन्दा कम खराब कर्जा भने एभरेस्ट बैंकको रहेको छ। एभरेस्ट बैंकको एनपीएल ०.४९ प्रतिशत मात्र रहेको छ।

खराब कर्जा अर्थात् एनपीएल बढ्नु बैंकका लागि चुनौतीपूर्ण मानिन्छ। यसले कर्जा असुलीमा समस्या रहेको र बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि थप रकम छुट्याउनुपर्ने अवस्था आउन सक्ने संकेत गर्छ।

प्रकाशित: २०८३ भदौ २ गते मङ्गलबार ०४:२२
प्रतिक्रिया

थप समाचार

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड नाघ्यो

काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना