२०८३ कार्तिक १५ गते शनिवार

अर्थ समितिमा जुट्यो गभर्नर र डेपुटीको कार्यकाल घटाउने सहमति, ५ वर्षबाट ३ वर्षमा झारिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ४
photo-1_c068acbc

काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको कार्यकाल घटाएर तीन वर्ष कायम गर्ने विषयमा संसद्को अर्थ समितिमा सहमति जुटेको छ।

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्दै समितिले गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि हालको पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने सहमति गरेको समितिका सभापति डा. कृष्ण हरि बुढाथोकीले बताएका हुन्।

प्रस्तावित व्यवस्थाअनुसार तीन वर्षको कार्यकाल पूरा गरेका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई नेपाल सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा उपयुक्त ठानेमा थप दुई वर्षका लागि पुनः नियुक्त गर्न सक्नेछन्। यसरी नियुक्ति भएमा उनीहरूको कुल कार्यकाल अधिकतम पाँच वर्ष हुनेछ।

हाल प्रचलित व्यवस्थाअनुसार राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ। गभर्नरलाई एक पटक पुनः नियुक्त गर्न सकिने व्यवस्था रहे पनि सञ्चालकको पुनः नियुक्तिमा त्यस्तो सीमितता छैन।

समितिबाट भएको सहमतिअनुसार विधेयक पारित भएमा भने सुरुको पदावधि तीन वर्षमा सीमित हुनेछ। त्यसपछि पुनः नियुक्ति भएमा मात्रै थप दुई वर्ष पदमा रहन सकिनेछ।

सञ्चालक समितिमा महिला अनिवार्य

अर्थ समितिले राष्ट्र बैंकको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य गर्ने विषयमा पनि सहमति गरिसकेको छ।

प्रस्तावित व्यवस्थाअनुसार राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय हुनेछ, जसमा कम्तीमा एक जना महिला अनिवार्य रूपमा रहनेछिन्।

हालको ऐन संशोधन गरी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको कार्यकाल र पुनः नियुक्तिसम्बन्धी व्यवस्था परिवर्तन गर्न लागिएको हो। अर्थ समितिबाट भएको सहमति अब विधेयक पारित भएपछि मात्रै कानुनी रूपमा कार्यान्वयनमा आउनेछ।

प्रकाशित: २०८३ भदौ ४ गते बिहिबार ०३:४९
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना