२०८३ भदौ ३० गते मङ्गलबार

नीजि क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैनः अध्यक्ष श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
anjan

काठमाडौँः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे ।

राजनीतिक परिवर्तन र प्राकृतिक प्रकोपजस्ता विभिन्न चुनौतीका बीच पनि व्यवसायीले काम गर्दै आएको उल्लेख गर्दै उनले पछिल्ला घटनाक्रमले निजी क्षेत्र र युवालाई झनै त्रसित बनाएको बताए ।

उनले भने, ‘समस्या थुप्रै छन् तर सबैभन्दा पहिलो कुरा त निजी क्षेत्रलाई विश्वास गर्नुप¥यो, निजी क्षेत्रको कन्फिडेन्स बढाइदिनुप¥यो । अहिलेको समयमा निजी क्षेत्रको कन्फिडेन्स इतिहासमै एभर लो अवस्थामा छ । विभिन्न राजनीतिक परिवर्तन भए, प्राकृतिक प्रकोप पनि भोग्यौं तर अहिलेको परिस्थिति एकदमै कम आत्मविश्वासको स्थितिमा छ । त्यसलाई सबैभन्दा पहिला ट्रस्ट बिल्डअप गर्नैपर्छ । पछिल्लो पटक भएका घटनाहरूले निजी क्षेत्र झन् त्रसित छ, युवाहरू झन् त्रसित छन् ।’

श्रेष्ठले सरकारले उद्योग सञ्चालन गर्नु गलत नभए पनि एउटा उद्योगलाई मात्रै केन्द्रमा राखेर औद्योगीकरणको नीति बनाउन नहुने बताए । हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा मन्त्रीले निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्न सक्ने आशंका व्यक्त गरेको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो मानसिकताले देशमा औद्योगीकरण हुन नसक्ने टिप्पणी गरे ।

‘सरकारले केही उद्योग सञ्चालन गर्न खोजिरहेको छ, त्यसलाई म गलत भन्दिनँ । सरकारले मेसेज पनि दिन खोजेको होला । तर एउटा उद्योगका लागि मात्रै सोचेर भएन । हेटौंडा कपडा उद्योग चल्यो, अब व्यापारीहरूले यसलाई आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने किसिमको मानसिकता किन लिने, मन्त्रीज्यूलाई मेरो सुझाव छ—त्यसका लागि डराउनै पर्दैन, नेपालमा झाँक्रीहरू थुप्रै छन्, लगेर फुकफाक गरे हुन्छ । नभए खुर्सानी र कागती झुण्ड्याए पनि हुन्छ, कसैको आँखा लाग्दैन। तर यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन। नेतृत्व लिनेहरूले यस्तो सोच लिनु हुँदैन,’ उनले भने ।

उनले निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर देशको आर्थिक विकास सम्भव नहुने बताए। सरकार आफैंले उद्योग सञ्चालन गर्दा पनि निजी क्षेत्रलाई कसरी अघि बढाउने भन्ने स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ थियो ।

श्रेष्ठले नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्ने गरी नीति ल्याउनुपर्नेमा जोड दिए। उद्योगको समग्र ‘इकोसिस्टम’ निर्माण गरेर मात्रै उत्पादन र अर्थतन्त्र विस्तार गर्न सकिने उनको भनाइ थियो ।

उनले व्यवसायीले दैनिक रूपमा नाफा–घाटा र विभिन्न चुनौती सामना गर्दै पनि आशावादी भएर व्यवसाय अघि बढाइरहेको उल्लेख गरे । यस्ता उद्यमीको मनोबल गिराउने र हुर्मत लिने काम भए देशको विकास र आर्थिक प्रगति सम्भव नहुने उनको भनाइ थियो ।

श्रेष्ठले सरकार र निजी क्षेत्रबीचको विश्वासको सम्बन्ध बलियो बनाउँदै व्यवसायमैत्री नीतिगत वातावरण निर्माण गर्न सके मात्रै उद्योग, रोजगारी र अर्थतन्त्रको विकासले गति लिने बताए ।

प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०३:२९
प्रतिक्रिया

थप समाचार

एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा उद्यमी बटु लामिछाने मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले...

अरुण भ्याली हाइड्रोपावरले सेयरधनीलाई सवा २१ करोड लाभांश दिने

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते...

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना