२०८३ भदौ ३० गते मङ्गलबार

३५० उत्पादनसहित पहाडी फुड्स अष्ट्रेलियामा, हर्ना कर्पोरेसन बन्यो आधिकारिक डिलर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
pahadi (1)

काठमाडौं: नेपाली स्थानीय तथा रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यसहित स्थापना भएको पहाडी फुड्सले अष्ट्रेलियामा आफ्नो बजार विस्तार गरेको छ। कम्पनीका करिब ३५० प्रकारका खाद्य तथा गैरखाद्य उत्पादन अहिले अष्ट्रेलियाका विभिन्न सहरमा उपलब्ध हुन थालेका छन्।

पहाडी फुड्सका अनुसार अष्ट्रेलियामा कम्पनीको आधिकारिक वितरकका रूपमा हर्ना कर्पोरेसन, मेलबर्न, भिक्टोरिया रहेको छ। वितरकमातहत मेलबर्न, तास्मानिया र पर्थका विभिन्न नेपाली तथा एसियाली किराना पसलमार्फत पहाडीका उत्पादन बिक्री भइरहेका छन्।

कम्पनीका उत्पादनमा दाल, गेडागुडी, अचार, महलगायत खाद्य सामग्रीसँगै नेपाली मौलिक पहिचान बोकेका दौरा–सुरुवाल, ढाका टोपी, कुचोलगायतका करिब ३५० प्रकारका उत्पादन रहेका छन्।

मेलबर्नदेखि पर्थसम्म बजार विस्तार

पहाडी फुड्सका उत्पादन मेलबर्न क्षेत्रमा बिगबजार (ग्लेनरोय), टच अफ एसिया (ग्लेनरोय र क्रेगिबर्न), केटीएम बजार (वोलर्ट र क्रेगिबर्न), लालिगुराँस ग्रोसरी (कोबर्ग), कोबर्ग पसल, नेपमार्ट (सनसाइन), नेप्से मार्ट र किराना प्यान्ट्री (सनसाइन) लगायतका स्टोरमा उपलब्ध छन्।

त्यस्तै, तास्मानियाको लाउन्सेस्टन र होबार्टमा मेनुका स्टोर, बुद्धा एसियन ग्रोसरी, लाउन्सेस्टन मार्ट र नमस्ते स्पाइसबाट पहाडीका उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

पर्थमा भने केटीएम मार्ट र बासमती ग्रोसरीमार्फत पहाडी फुड्सका उत्पादन बिक्री भइरहेका छन्।

कम्पनीका अनुसार अष्ट्रेलियामा करिब १ लाख ९५ हजार अमेरिकी डलर बराबरका उत्पादन निर्यात भइसकेका छन्। निर्यात गरिएका उत्पादनमा नेपाली खाद्य सामग्रीदेखि परम्परागत पहिरन तथा घरायसी सामग्रीसम्म समावेश छन्।

स्थानीय उत्पादनलाई विश्व बजारमा पु¥याउने लक्ष्य

पहाडी फुड्सले नेपालका पहाडी तथा ग्रामीण क्षेत्रका किसानबाट उत्पादित स्थानीय, अर्गानिक तथा परम्परागत खाद्य सामग्रीलाई बजारसँग जोड्दै आएको जनाएको छ। स्थानीय किसानले उत्पादन गरेका सामग्रीलाई प्रशोधन, प्याकेजिङ तथा बजारीकरण गरी अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कम्पनीको लक्ष्य छ।

अष्ट्रेलियामा बजार विस्तारले नेपाली स्थानीय उत्पादनप्रति अन्तर्राष्ट्रिय उपभोक्ताको आकर्षण र माग बढिरहेको देखाएको कम्पनीको भनाइ छ। नेपाली माटोमा उत्पादित अन्न तथा स्थानीय स्रोतमा आधारित उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन गरेर विश्व बजारमा पु¥याउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।

पहाडी फुड्सले हाल अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान र भारतलगायतका मुलुकमा आफ्ना उत्पादन निर्यात गर्दै आएको जनाएको छ। युरोपेली बजारमा भने हालसम्म निर्यात सुरु नभएको र त्यहाँ बजार विस्तारका लागि वितरकको खोजी भइरहेको कम्पनीले जनाएको छ।

कम्पनी सञ्चालनमा आएको करिब तीन वर्ष भएको छ। अन्य मुलुकमा उत्पादनको माग तथा उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई आधार बनाउँदै आगामी दिनमा उत्पादनको दायरा र निर्यात परिमाण थप विस्तार गर्ने योजना पहाडी फुड्सले अघि सारेको छ।

प्रकाशित: २०८३ भदौ ८ गते सोमबार ०४:२५
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा...

गुठीका किसानलाई मन्त्री रावलको आश्वासन: घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन

 काठमाडौँ: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता...

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दले नेपालको राष्ट्रिय विरासत वा छिमेकीसँगको सम्बन्धको इतिहासलाई नभई विगतमा देखिएको आन्तरिक...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना