२०८३ भदौ ३० गते मङ्गलबार

युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ९
photo-21_bcce3371

एजेन्सी। केही मोटरसाइकल चालकका लागि आफ्नो मोटरसाइकलको वास्तविक परीक्षण सडक सकिएपछि सुरु हुन्छ। चेक गणतन्त्रको भिलानेकमा हुने यस्तो परीक्षणमा हिलो, ढुंगा, ठाडो उकालो र तीव्र गतिसँग जुध्नुपर्छ।

त्यही ट्र्याकमा युरोपेली र्‍याली च्याम्पियन टोमास भालाल पनि नयाँ मोटरसाइकल परीक्षण गरिरहेका छन्। यस पटक उनी चिनियाँ कम्पनी सीएफमोटोले निर्माण गरेको मोटरसाइकलमा प्रतिस्पर्धा गर्दैछन्।

युरोपेली र्‍याली च्याम्पियन टोमास भालाल भन्छन्,‘यसको डिजाइन निकै राम्रो, कम्प्याक्ट र हलुका छ। यो भारी छैन।’

युरोपमा सीएफमोटो च्यालेन्ज आयोजना हुन थालेको यो दोस्रो वर्ष हो। चेक गणतन्त्र र स्लोभाकियामा हुने छनोट प्रतियोगिताबाट उत्कृष्ट चालकहरू स्पेनमा हुने विश्वस्तरीय फाइनलमा सहभागी हुनेछन्।

गत वर्ष अस्ट्रेलियाको कठिन भूभागमा भएको फाइनलमा १८ भन्दा बढी देशका ७२ चालकले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये मातेय ओलिभा पनि एक थिए।

उनका अनुसार चिनियाँ मोटरसाइकलले युरोपको रेसिङ संस्कृतिमा परिवर्तन ल्याउनुका साथै बजारलाई समेत नयाँ दिशातर्फ लैजाँदैछन्।

सीएफमोटो चालक मातेय ओलिभा भन्छन्,‘ मलाई पहिलेको समय याद छ, जतिबेला सबै कुरा परम्परागत सुपरबाइककै वरिपरि हुन्थ्यो। यदि अफरोड चलाउन वा यात्रामा जान चाहे भने बीएमडब्ल्यू वा केटीएमबाहेक अर्को विकल्प नै थिएन। तर अहिले मानिसहरूको सोच परिवर्तन भएको छ। उनीहरू आफ्नो पैसाको उचित मूल्य चाहन्छन्।’

यो परिवर्तन मोटरसाइकल बिक्रीको तथ्यांकमा पनि देखिन थालेको छ। विज्ञहरूका अनुसार युरोपका पाँच ठूला मोटरसाइकल बजारमा गत वर्ष युरोपेली र जापानी ब्रान्डका मोटरसाइकलको दर्ता झण्डै १३ प्रतिशतले घटेको थियो।

ब्र्नोस्थित एमटीटी मोटरसाइकल्सका मार्टिन टिचीका लागि भने बजारमा आएको यही परिवर्तन ठूलो व्यावसायिक अवसर बनेको छ। उनको डिलरशिपले हालै सीएफमोटोको १० लाखौँ मोटरसाइकल बिक्रीको अवसर मनाएको थियो।

तर, विज्ञहरूका अनुसार चिनियाँ मोटरसाइकलको आकर्षण केवल कम मूल्यमा सीमित छैन।

सेल्सम्यान यान डोनाहल भन्छन्,‘ग्राहकहरू मोबाइल फोनसँग जोडिने डिस्प्ले र नेभिगेसनजस्ता प्रविधि खोजिरहेका छन्। मानिसहरू दिनभर मोटरसाइकलमा बसेर नक्सामा जहाँ औँला राख्छन्, त्यहीँसम्म पुग्न चाहन्छन्।’

सीएफमोटो युरोपमा सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको मोटरसाइकल ब्रान्डमध्ये एक हो। चीनका क्यूजे मोटर, भोगे र जोन्टेसजस्ता ब्रान्डहरूले पनि युरोपेली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदैछन्।

यससँगै युरोपका सडकमा चिनियाँ मोटरसाइकलको गर्जन अझ ठूलो हुँदै जाने संकेत देखिएको छ।सीसीटीभीप्लस

प्रकाशित: २०८३ भदौ ९ गते मङ्गलबार ०५:४७
प्रतिक्रिया

थप समाचार

चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव

काठमाडौँ: नेपाल ट्रक व्यवसायी महासंघले चाडपर्वका बेला अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन ठूला मालवाहक सवारीसाधन सञ्चालनमा केही व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ। मंगलबार प्रतिनिधिसभाको...

टीभीएस नेपालको दशैं योजना सार्वजनिक, १० लाख नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

काठमाडौँ: टीभीएस नेपालले दशैं लक्षित नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ नामक चाडपर्व...

रसुवा बाढीपीडितका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाले...

भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले बिहीबार गरेको निर्णयको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) स्वागत गरेको छ। सरकारले...

सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, ५०० सवारीमा क्षति

काठमाडौं। बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना