काठमाडौँ: राजनीतिक अस्थिरता र पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि सुस्त हुँदा मुलुकको अर्थतन्त्र विस्तार लक्ष्यअनुसार हुन सकेको छैन्। यो वर्ष मुलुकको आर्थिक वृद्धि ३.८५ प्रतिशत मात्र हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ।
गत वर्ष सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
अर्थतन्त्रको आकार बढेर ६६ खर्ब रुपैयाँ (करिब ४७ अर्ब डलर) हारहारीमा रहेको छ। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार बढेर ७४ खर्ब रुपैयाँ पुग्ने अनुमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।
सुस्त कर्जा प्रवाह निजी क्षेत्रले खुलेर लगानी गर्न नचाहेको अवस्थाका साथै नेपाल राष्ट्र बैंकले कर्जा विस्तार ११.५ प्रतिशत अर्थात ७ खर्ब रुपैयाँ हारहारीमा गर्ने लक्ष्य लिएकाले लक्षित आर्थिक वृद्धि पूरा हुनेमा शंका छ।
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँको पुर्याउने लक्ष्य लिएको छ।
यसैबीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्रको आकार बढेर आगामी सन् २०३० मा ६४ अर्ब २० करोड अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ। सन् २०३० मा अर्थतन्त्रको आकारको हिसावमा नेपाल ९५ औं स्थानमा हुने अनुमान गरिएको छ। आगामी सन् २०३० मा नेपाल अफ्रिकी मुलुक जिम्बाबे भन्दा पछि र युरोपेली मुलुक स्टोनिया भन्दा अघि हुने अनुमान गरिएको छ।
यद्यपि, हालै भोटेकोशी र त्रिशूली नदी प्रवाहमा आएको विनाशकारी बाढीका कारण नेपालमा यो लक्ष्य हासिल हुनेमा भने शंका छ।
यस्तै दक्षिण एसियामा बंगलादेश छ खर्ब ७७ अर्ब डलरसहित ३२ औं स्थानमा हुने अनुमान छ। मालदिभ्सको १० अर्ब डलर र भुटानको ५ अर्ब ७० करोड डलर हुने अनुमान छ।
विश्व अर्थतन्त्र बढेर १५०० खर्ब डलर पुग्ने
आगामी सन् २०३० सम्म विश्व अर्थतन्त्रको आकार (जीडीपी) बढेर १५ सय खर्ब ३४ अर्ब (१५० ट्रिलियन) डलर नाघ्ने अनुमान आइएमएफको छ। आउँदा वर्ष एसियाका उदीयमान बजारहरूबाट उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। आइएमएफको विश्व आर्थिक परिदृष्य पूर्वानुमानमा आधारित रहेको छ।
२०३० मा तीन ठूला राष्ट्रिय अर्थतन्त्रहरू २०२६ मा जस्तै हुने अनुमान गरिएको छ। अमेरिका अर्थतन्त्र बढेर ३७७ खर्ब (३७.७ ट्रिलियन) डलरको साथ अग्रणी स्थानमा हुने भएको छ।
विश्व अर्थतन्त्रमा अमेरिकाको हिस्सा २५.१ पुग्ने अनुमान छ। त्यसपछि चीन २६० खर्ब (२.६ ट्रिलियन) डलरको साथ दोस्रो स्थान कायमै राख्ने छ। त्यसबेलासम्म विश्व अर्थतन्त्रमा चीनको हिस्सा १७.३ प्रतिशत हुने अनुमान छ। युरोपेली मुलुक जर्मनी ६२ खर्ब (६.२ ट्रिलियन) डलरको साथ तेस्रो स्थानमा हुनेछ। जर्मनीको विश्व अर्थतन्त्रमा हिस्सा ४.१ प्रतिशत हिस्सा हुने अनुमान छ।
यस्तै छिमेकी भारतको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब ७३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। विश्व अर्थतन्त्रमा भारतको हिस्सा ४.१ प्रतिशत हुने अनुमान छ।
संयुक्त रूपमा यी तीन अर्थतन्त्रहरूले २०२६ र २०३० बीच चीनको नेतृत्वमा १०० खर्ब (१० ट्रिलियन) डलर भन्दा बढी आर्थिक उत्पादन थप्ने अनुमान गरिएको छ।
तेस्रो स्थानको लागि दौड उल्लेखनीय रूपमा नजिक छ। २०३० मा जर्मनीको अर्थतन्त्र ६१ खर्ब ७८ अर्ब (६.१७८ ट्रिलियन) डलर हुने अनुमान गरिएको छ। जबकि, भारतको जीडीपी ६१ खर्ब ७३ अर्ब (६.१७३ ट्रिलियन) डलर पुग्ने अनुमान छ। जुन केवल ५ अर्ब डलरको फरक पर्ने अनुमान गरिएको छ। हाल भारत विश्वको छैठौ स्थानमा छ।
यदि हालको वृद्धि प्रक्षेपण जारी रह्यो भने भारतले चाँडै नै जीडीपीमा जर्मनीलाई उछिन्न सक्छ। पाँचौ स्थानमा बेलायत हुने अनुमान छ। बेलायतको अर्थतन्त्रको आकार बढेर ५१ खर्ब ४८ अर्ब डलर पुग्ने अनुमान छ।
यस बेला बेलायत विश्व अर्थतन्त्रमा ३.४ प्रतिशत हिस्सा हुने अनुमान छ। यस्तै छैठौमा जापान पुग्ने अनुमान छ। त्यसबेला जापानको अर्थतन्त्रको आकार बढेर ५० खर्ब, सातौंमा फ्रान्स हुने अनमान छ। फ्रान्सको अर्थतन्त्रको आकार ४० खर्ब, ब्राजिलको ३२ खर्ब र क्यानाडाको ३० खर्ब र ११ औं स्थानमा हुने रसियाको अर्थतन्त्रको आकार २५ खर्ब ९२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
एसियाको उदय
सन् २०३० सम्म एसिया र मध्यपूर्वले ५५ खर्ब ७० अर्ब (५५.७ ट्रिलियन) डलरको आर्थिक उत्पादन गर्ने अनुमान गरिएको छ। जुन विश्वव्यापी अर्थतन्त्रको एक तिहाइ भन्दा बढी हो।
चीन र भारतपछि जापान यस क्षेत्रको अर्को ठूलो अर्थतन्त्र हुनेछ। जसको आय ५० खर्ब (५ ट्रिलियन) डलर हुनेछ। त्यसपछि दक्षिण कोरिया २३ खर्ब र इन्डोनेसियाको २१ खर्ब डलर हुनेछ।
लामो समयदेखि स्थिर रहेको जापानी अर्थतन्त्रले हालैका दशकहरूमा वृद्धिमा उथलपुथल देखेको छ। एक पटक विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको जापानलाई सन् २०१० मा चीनले र २०२४ मा जर्मनीले उछिनेको थियो।
युरोपको सन्तुलित अर्थतन्त्र
युरोपको ३७७ खर्ब (३७ ट्रिलियन) डलरको अर्थतन्त्र २०३० मा विश्वको सबैभन्दा सन्तुलित देशहरू मध्ये एक हुने अनुमान गरिएको छ। तुलनात्मक रूपमा उत्तर र दक्षिण अमेरिका दुवैमा महादेशीय अर्थतन्त्रको आधा भन्दा बढी भाग एउटै देशले ओगटेको छ।
युरोपले २०३० मा विश्वव्यापी अर्थतन्त्रको लगभग पाँचौं भाग ओगट्ने अनुमान गरिएको छ। २०२६ र २०३० बीचमा संकुचित हुने अपेक्षा गरिएका केही प्रमुख अर्थतन्त्रहरूमध्ये रूस पनि एक हो। (भिजुअल क्यापटलिस्टको सहयोगमा)