काठमाडौँ: रसुवाको भोटेकोशी हुँदै भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा चेक हस्तान्तरण गरेको हो।
कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै बाढीपीडितको साथमा रहेको जनाएको छ।