काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत सहास ऊर्जा लिमिटेडले भोटेकोसी बाढीबाट पीडितहरुका लागि एक करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। सहासले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम दिएको अध्यक्ष हिमप्रसाद पाठकले बताए।
८६ मेगावाटको सोलु दूधकोसी र ५ मेगावाटको हुग्दीखोला आयोजना सञ्चालन गरिरहेको सहासले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बनाइरहेको छ।