काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष रोशन केसीले सहयोग रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीपहिरोबाट प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि बैंकले राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको जनाएको छ। विपत्तिपछि बैंकले प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्री समेत उपलब्ध गराइसकेको जनाएको छ।
बैंकका अनुसार कोषमा जम्मा गरिएको रकमले बाढीपहिरो प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने विश्वास गरिएको छ।