२०८३ कार्तिक १६ गते आईतबार

एनआरएनएले दियो एक करोड सहयोग, पाँच करोड पुर्याउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
nrna_1

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

सोमबार एनआरएनएका पदाधिकारीसहितको टोलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले बाढी तथा पहिरोबाट भएको क्षति तत्कालीन उद्धार तथा राहतमा मात्र सीमित नरहेको भन्दै पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने बताए।

उनले विपद्पछि तत्काल उद्धारसँगै जनस्वास्थ्य, शव व्यवस्थापन, राहत वितरण तथा विस्थापित नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।

ठूलो संख्यामा नागरिकले घरबार तथा व्यवसाय गुमाएकाले त्यसपछि निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

मन्त्री खनालले अर्थमन्त्रीले प्रारम्भिक अनुमानका आधारमा विपद्बाट करिब पाँच अर्ब अमेरिकी डलर बराबरको क्षति भएको हुनसक्ने सार्वजनिक रूपमा बताएको उल्लेख गर्दै सरकारले मात्रै पुनर्निर्माण गर्न नसक्ने बताए।

उनले भने, ‘अहिलेको प्रारम्भिक चरणपछि अझै थुप्रै हाम्रा आवश्यकताहरू बढ्दै जानेछन् र ती आवश्यकताहरू नेपाल सरकार एक्लै गर्न सक्छौं भन्ने लाग्दैन।’

उनले उद्धार तथा राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका चरणमा समेत अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए।

मन्त्री खनालले एनआरएनएसँग सबै चरणमा सहकार्य हुने विश्वास व्यक्त गर्दै राहत वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरे।

उनले राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक पीडितसम्म राहत पुग्ने सुनिश्चित गर्न सरकारले ‘वान डोर’ नीति अघि बढाएको बताए। राहत वितरणअघि र पछि आवश्यक जानकारी सरकारलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।

उनले पछिल्लो विपद् सामान्य बाढीभन्दा फरक प्रकृतिको रहेको बताए। नुवाकोटको विदुर पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै उनले रसुवा र नुवाकोटका थुप्रै बस्तीमा विपद्ले ठूलो असर गरेको बताए।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले संघले बाढी प्रभावितका लागि प्रारम्भिक चरणमा पाँच करोड रुपैयाँ बराबरको राहत सहयोग गर्ने योजना बनाएको बताए।

उनका अनुसार बाढी आएको भोलिपल्टदेखि नै एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा जुटेका छन्। नुवाकोटको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पहिलो र दोस्रो दिन राहत सामग्री वितरण गरिएको उनले बताए।

त्यसैगरी एनआरएनए एनसीसी चीनका प्रतिनिधिहरूले रसुवाका विभिन्न क्षेत्रमा पुगेर बालबालिकाका लागि लत्ताकपडा वितरण गरेको र एनआरएनएको हेल्थ कमिटीको संयोजनमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

उनले सरकारसँग समन्वय गरेर प्रारम्भिक राहतदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष शर्माले एनआरएनएको पाँच करोड रुपैयाँ सहयोग प्रारम्भिक रूपमा प्रतीकात्मक सुरुवात भएको भन्दै पुनर्निर्माणका क्रममा त्यसभन्दा बढी सहयोग गर्न सकिने बताए।

उनका अनुसार हाल एनआरएनएका राष्ट्रिय समन्वय परिषद्मार्फत विदेशमा रहेका गैरआवासीय नेपालीहरूबाट राहतका लागि रकम संकलन भइरहेको छ। पछिल्ला केही दिनमै करिब साढे ६ करोड रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको उनले बताए।

शर्माले प्रभावित पाँच जिल्लाका परिवारका सदस्यहरू ठूलो संख्यामा विदेशमा रहेकाले उनीहरूसँग समन्वय गरी परिवारसम्म सहयोग पुर्याउने काममा पनि एनआरएनए केन्द्रित रहेको बताए।

उनले गैरआवासीय नेपालीहरूले आर्थिक सहयोगसँगै सम्बन्धित देशका सरकार, नागरिक तथा संघसंस्थामार्फत नेपालमा भएको विपद्बारे जानकारी गराउने कामसमेत गरिरहेको बताए।

अध्यक्ष शर्माले पुनर्निर्माणका क्रममा नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउनसमेत एनआरएनए तयार रहेको बताए।

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०७:३५
प्रतिक्रिया

थप समाचार

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना