काठमाडौं। भोटेकोशीमा आएको भीषण बाढीबाट पीडितलाई दुई उद्योगले एकमुष्ठ १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र एभरेष्ट सुगर मिल्स लिमिटेडबाट उक्त रकम सहयोग प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा भएको छ। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दुई उद्योगका तर्फबाट चेक हस्तान्तरण गरिएको छ।
अर्थमन्त्री वाग्लेलाई रिलायन्स स्पिनिङ मिल्सको तर्फबाट १ करोड र एभरेष्ट सुगर मिलले ५१ लाख रूपैयाँ गरी एकमुष्ठको चेक हस्तान्तरण गरेको हो।