काठमाडौँ: प्राइम कमर्सियल बैंकले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट हुनगएकोे जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुखःव्यक्त गर्दे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग तथा रु. ७ लाख बराबरको बिभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग प्रदान गरेको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार,राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।