२०८३ कार्तिक १६ गते आईतबार

जलविद्युत उद्यमी व्यवसायी बटु लामिछाने र गणेश कार्कीले बाढी पीडितलाई दिए एक करोड बढी सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
batu_ganesh

काठमाडौं। भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरुबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन घडीमा राज्यसँगै उभिँदै बिजी ग्रुपले गरेको यो महत्वपूर्ण सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरण प्रस्तुत गरेको छ।

बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। मंगलबार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम उपलब्ध गराएको हो।

“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो,” भन्ने भावनासहित गरिएको यो सहयोगले व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने माध्यम पनि हो भन्ने सन्देश दिएको छ।

बिजी ग्रुपका कार्यकारी अध्यक्ष लामिछानेले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय रूपमा ठूलो जनधनको क्षति भएको भन्दै सहयोग रकमले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी ग्रुपका प्रबन्ध सञ्चालक कार्कीको उपस्थितिमा भएको सहयोग हस्तान्तरणले विपद्को समयमा निजी क्षेत्रको सक्रिय सहभागितालाई थप अर्थपूर्ण बनाएको छ। कार्की ऊर्जा तथा जलविद्युत् क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी हुन् भने लामिछाने उद्योग तथा व्यवसाय क्षेत्रसँगै निजी क्षेत्रको प्रतिनिधित्वमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्।

बटु र गणेशः व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रसर

गणेश कार्की र बटु लामिछानेको नेतृत्वमा रहेको बिजी ग्रुपले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। इप्पान नेपालका पूर्व अध्यक्षसमेत रहेका कार्की र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका लामिछाने निजी क्षेत्रका सक्रिय व्यवसायीका रूपमा परिचित छन्।

बिजी ग्रुपअन्तर्गत ५ वटाभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न व्यवसायिक उद्योग र कम्पनीहरू सञ्चालनमा रहेका छन्। जलविद्युत् तथा अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आएको ग्रुपले विपद्का बेला आफ्नो व्यवसायिक हैसियतलाई मानवीय सेवासँग जोड्दै गरेको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विशेषगरी बाढीपहिरो, प्राकृतिक विपद् र संकटका बेला निजी क्षेत्रले राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्नुपर्ने आवश्यकता बढिरहेका बेला बिजी ग्रुपको यो सहयोग उदाहरणीय बनेको छ।

१ करोडभन्दा बढीको सहयोगमार्फत लामिछाने र कार्कीले संकटमा परेका नागरिकप्रति निजी क्षेत्रको जिम्मेवारी र संवेदनशीलता प्रदर्शन गरेका छन्। व्यवसायबाट आर्जित सफलतालाई समाजको दुःखमा समेत उपयोग गर्नुपर्छ भन्ने सन्देश दिने यो पहलले अन्य व्यवसायी तथा व्यावसायिक समूहलाई समेत सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

विपद्ले घरबार, परिवार र जीवन नै संकटमा पारेका नागरिकका लागि यतिबेला सरकार, निजी क्षेत्र र आम नागरिक सबैको सहयोग आवश्यक छ। यही आवश्यकतालाई आत्मसात् गर्दै बिजी ग्रुपले गरेको १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँको सहयोग रकम राहत र उद्धार अभियानमा महत्वपूर्ण योगदान बन्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०५:२१
प्रतिक्रिया

थप समाचार

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना