२०८३ भदौ ३० गते मङ्गलबार

जलविद्युत उद्यमी व्यवसायी बटु लामिछाने र गणेश कार्कीले बाढी पीडितलाई दिए एक करोड बढी सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
batu_ganesh

काठमाडौं। भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरुबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन घडीमा राज्यसँगै उभिँदै बिजी ग्रुपले गरेको यो महत्वपूर्ण सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरण प्रस्तुत गरेको छ।

बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। मंगलबार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम उपलब्ध गराएको हो।

“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो,” भन्ने भावनासहित गरिएको यो सहयोगले व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने माध्यम पनि हो भन्ने सन्देश दिएको छ।

बिजी ग्रुपका कार्यकारी अध्यक्ष लामिछानेले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय रूपमा ठूलो जनधनको क्षति भएको भन्दै सहयोग रकमले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी ग्रुपका प्रबन्ध सञ्चालक कार्कीको उपस्थितिमा भएको सहयोग हस्तान्तरणले विपद्को समयमा निजी क्षेत्रको सक्रिय सहभागितालाई थप अर्थपूर्ण बनाएको छ। कार्की ऊर्जा तथा जलविद्युत् क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी हुन् भने लामिछाने उद्योग तथा व्यवसाय क्षेत्रसँगै निजी क्षेत्रको प्रतिनिधित्वमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्।

बटु र गणेशः व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रसर

गणेश कार्की र बटु लामिछानेको नेतृत्वमा रहेको बिजी ग्रुपले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। इप्पान नेपालका पूर्व अध्यक्षसमेत रहेका कार्की र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका लामिछाने निजी क्षेत्रका सक्रिय व्यवसायीका रूपमा परिचित छन्।

बिजी ग्रुपअन्तर्गत ५ वटाभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न व्यवसायिक उद्योग र कम्पनीहरू सञ्चालनमा रहेका छन्। जलविद्युत् तथा अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आएको ग्रुपले विपद्का बेला आफ्नो व्यवसायिक हैसियतलाई मानवीय सेवासँग जोड्दै गरेको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विशेषगरी बाढीपहिरो, प्राकृतिक विपद् र संकटका बेला निजी क्षेत्रले राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्नुपर्ने आवश्यकता बढिरहेका बेला बिजी ग्रुपको यो सहयोग उदाहरणीय बनेको छ।

१ करोडभन्दा बढीको सहयोगमार्फत लामिछाने र कार्कीले संकटमा परेका नागरिकप्रति निजी क्षेत्रको जिम्मेवारी र संवेदनशीलता प्रदर्शन गरेका छन्। व्यवसायबाट आर्जित सफलतालाई समाजको दुःखमा समेत उपयोग गर्नुपर्छ भन्ने सन्देश दिने यो पहलले अन्य व्यवसायी तथा व्यावसायिक समूहलाई समेत सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

विपद्ले घरबार, परिवार र जीवन नै संकटमा पारेका नागरिकका लागि यतिबेला सरकार, निजी क्षेत्र र आम नागरिक सबैको सहयोग आवश्यक छ। यही आवश्यकतालाई आत्मसात् गर्दै बिजी ग्रुपले गरेको १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँको सहयोग रकम राहत र उद्धार अभियानमा महत्वपूर्ण योगदान बन्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०५:२१
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना