२०८३ कार्तिक १६ गते आईतबार

रसुवा र तातोपानी नाका बन्द, बाढीले २ अर्बको सामान नष्ट, १७६ वटा कन्टेनर अलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
trisuli_dhungebazar_flood (2)

काठमाडौं। दशैँ–तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ। गत बुधबार रसुवागढीमा आएको बाढीले करिब २०० कन्टेनर सामान बगाएको छ।

बाढी कारण रसुवागढी नाका ठप्प भएकै बेला तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द भएपछि बजारमा केही सामान अभावसँगै करीब २० प्रतिशतसम्म मूल्य बढ्ने जोखिम देखिएको छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीमा बगेका गाडीमा लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, फलफूललगायत दशैँ–तिहारका लागि आयात गरिएका सामान थिए।

‘व्यवसायीले चीनबाट आयात गर्न लागेका चाडपर्व लक्षित सामान नै बाढीमा बगेकाले तत्काल बजारमा सामान उपलब्ध नहुने चिन्ता छ,’ कार्कीले भने। यस्तो अवस्थामा चीन सरकारले तातोपानी नाका समेत अनिश्चित कालका लागि बन्द गरेपछि अहिले चीनबाट सामान ल्याउने तत्कालको मुख्य विकल्प कोरोला नाका बनेको छ।

तर तातोपानीबाट एक दिनमै काठमाडौं आइपुग्ने सामान कोरला नाका हुँदै ल्याउँदा ६ देखि १० दिनसम्म लाग्ने भएकाले आपूर्ति व्यवस्थामा थप दबाब परेको छ। ढुवानी लागतसमेत दोब्बरको हाराहारीमा पुगेको छ।

यसअघि एउटा कन्टेनरको भाडा करिब १ लाख ७५ हजारदेखि दुई लाख रुपैयाँ रहेकोमा अहिले तीन लाखदेखि चार लाख रुपैयाँसम्म पुगेको कार्कीले बताए। गाडीको अभावका कारण महँगो भाडा तिर्दा पनि कन्टेनर पाउन कठिन रहेको उनको भनाइ छ।

ढुवानी लागत बढ्दा बजारमा १० देखि २० प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने उनले बताए। तर मूल्य बढ्नु भन्दा पनि चाडपर्वमा आवश्यक सामान नै अभाव हुन सक्ने जोखिम बढी रहेको उनको भनाइ छ।

समुद्री मार्गबाट सामान ल्याएर तत्कालको समस्या समाधान गर्न पनि सम्भव छैन। चीनबाट स्थलमार्ग हुँदै सामान काठमाडौं आइपुग्न करिब १२–१३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ५५ देखि ६५ दिनसम्म लाग्ने भएकाले अहिले पठाइएका सामान दशैँ–तिहारअघि बजारमा आइपुग्ने सम्भावना नरहेको कार्कीले बताए।

बाढीबाट भएको क्षतिको यकिन विवरण तयार भइनसके पनि संघको प्रारम्भिक अनुमानमा करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान नष्ट भएको छ। ‘एउटा गाडीमा ५० लाखदेखि दुई करोड रुपैयाँसम्मको सामान रहेको आधारमा यस्तो अनुमान गरिएको हो,‘ उनले भने।

यसबाट सरकारको राजस्वमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ। कार्कीका अनुसार रसुवा र तातोपानी नाकाबाट यस वर्ष करिब ५० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा बाढीमा बगेका गाडीका सामानबाट मात्रै व्यवसायीले १७–१८ करोड रुपैयाँ राजस्व तिरिसकेका थिए।

कार्कीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारले चीनसँग द्विपक्षीय वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। दीर्घकालीन रूपमा दोलखाको लामाबगर नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

बाढीले रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापार ठप्प भएपछि चीनतर्फ केरुङमा नेपालका लागि समान बाकेर आएका १७६ वटा कन्टेनर रोकिएका छन्। ती गाडीका लागि ७४ जना चालक मात्र रहेकाले सबै सामान एकैपटक ल्याउन समस्या भएको संघले उनले बताए। विशेषगरी फलफूल बोकेका कन्टेनर लामो समय रोकिँदा कुहिने जोखिम बढेको छ।

बाढीबाट संघसँग आबद्ध ७६ जना व्यक्ति अझै बेपत्ता रहेको कार्कीले बताए। बैंकबाट ऋण लिएर दशैँका लागि सामान ल्याएका व्यवसायीको सामान र गाडी गुमेकाले चाडपर्वपछि यसको आर्थिक असर अझ गम्भीर रूपमा देखिन सक्ने उनको भनाइ छ ।

 

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०८:२१
प्रतिक्रिया

थप समाचार

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना