२०८३ भदौ ३० गते मङ्गलबार

घरायसी उपभोक्तालाई ग्यासमा प्राथमिकता, होटल–रेस्टुरेन्टले उपत्यकाबाहिरबाट ल्याउनुपर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
gas

काठमाडौँः नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा घरायसी उपभोक्ताका लागि एलपी ग्यासको आपूर्ति सहज बनाउन व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक लगाएको छ।

नयाँ व्यवस्थाअनुसार अब उपत्यकाभित्र रहेका ग्यास डिपो तथा विक्रेताले होटल, रेस्टुरेन्ट, उद्योगलगायत व्यावसायिक उपभोक्तालाई ग्यास बिक्री गर्न पाउने छैनन्। व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास भने सम्बन्धित होटल, रेस्टुरेन्ट तथा उद्योगले उपत्यकाबाहिर रहेका ग्यास उद्योगबाट प्रत्यक्ष खरिद गरी आफैं ढुवानी गरेर ल्याउनुपर्नेछ।

नेपाल आयल निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार उपत्यकामा ग्यासको आपूर्तिमा घरायसी उपभोक्तालाई प्राथमिकता दिन यस्तो व्यवस्था लागू गरिएको हो।

उपत्यकामा घरायसी प्रयोजनका लागि ग्यासको माग उच्च रहेको र सोही आपूर्ति प्रणालीबाट व्यावसायिक क्षेत्रले समेत ठूलो परिमाणमा ग्यास खरिद गर्दा सर्वसाधारण उपभोक्ताले अभावको सामना गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै व्यावसायिक बिक्रीमा रोक लगाइएको निगमको भनाइ छ।

निगमले होटल, रेस्टुरेन्ट तथा उद्योगमा ग्यासको प्रयोगमा प्रतिबन्ध लगाएको भने होइन। उनीहरूले आवश्यक ग्यास उपत्यकाबाहिरका ग्यास उद्योगबाट खरिद गर्न सक्नेछन्। तर, खरिद र ढुवानीको सम्पूर्ण व्यवस्थापन सम्बन्धित व्यवसायीले नै गर्नुपर्नेछ।

यससँगै हेटौंडा, चितवन, नवलपरासी लगायतका जिल्लाबाट काठमाडौं उपत्यकामा ल्याइएका ग्यास सिलिन्डर पनि उपत्यकाभित्र व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न नपाइने भएको छ।

निगमको यो निर्णयसँगै ठूलो परिमाणमा ग्यास खपत गर्ने होटल, रेस्टुरेन्ट तथा उद्योगको ग्यास व्यवस्थापनको जिम्मेवारी सम्बन्धित व्यवसायमै सरेको छ। निगमले भने यस व्यवस्थाबाट घरायसी उपभोक्ताका लागि ग्यासको उपलब्धता सहज हुने र बजारमा हुन सक्ने अभाव कम हुने अपेक्षा गरेको छ।

अब व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायी तथा उद्योगले उपत्यकाबाहिरका ग्यास उद्योगसँग प्रत्यक्ष समन्वय गरी खरिद र ढुवानीको व्यवस्था गर्नुपर्नेछ।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०४:२५
प्रतिक्रिया

थप समाचार

एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा उद्यमी बटु लामिछाने मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले...

अरुण भ्याली हाइड्रोपावरले सेयरधनीलाई सवा २१ करोड लाभांश दिने

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते...

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना