काठमाडौँः एनआईसी एशिया बैंकले विभिन्न बैंकिङ सेवामा लाग्ने शुल्क २५ प्रतिशतसम्म घटाएको छ। बैंकले सेवाग्राहीलाई राहत दिने उद्देश्यले डिजिटल बैंकिङ, मुद्दती खाता तथा अन्य विविध सेवासँग सम्बन्धित शुल्कमा छुट दिने जनाएको हो।
बैंकका अनुसार डेबिट कार्ड जारी तथा नवीकरण, पिन रिसेट, कार्ड अनब्लक तथा हराएको वा बिग्रिएको कार्ड पुनः जारी गर्ने शुल्कमा छुट दिइएको छ। मोबाइल तथा इन्टरनेट बैंकिङ दर्ता, नवीकरण र पासवर्ड रिसेट शुल्क पनि घटाइएको छ।
यस्तै, मुद्दती खाता समयअगावै बन्द गर्ने, एफडी रसिदको प्रतिलिपि निकाल्ने, चेकबुक तथा अन्य विभिन्न बैंकिङ सेवामा लाग्ने शुल्कसमेत २५ प्रतिशतले घटाइएको बैंकले जनाएको छ।