२०८३ भदौ ३० गते मङ्गलबार

राष्ट्र बैंकको सहायक निर्देशक नतिजामा फेरबदल: लोक सेवा आयोगमाथि गम्भीर प्रश्न

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, भदौ १९
nrb-loksewa

काठमाडौँः नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा संशोधन भएपछि लोक सेवा आयोगको परीक्षा प्रणाली र नतिजा प्रकाशन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।

एक परीक्षार्थीले पुनर्योगका लागि दिएको निवेदनपछि प्रकाशित संशोधित नतिजामा अन्य परीक्षार्थीसमेत थपिनु र यसअघि उत्तीर्ण सूचीमा रहेकी एक परीक्षार्थी हट्नुले परीक्षा प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको हो।

आयोगले राष्ट्र बैंकका लागि विज्ञापन नम्बर १५/२०८२ अन्तर्गत लिएको सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) पदको लिखित परीक्षाको प्रारम्भिक नतिजा २०८३ साउन २९ गते सार्वजनिक गरेको थियो। त्यसपछि आयोगले २०८३ भदौ १८ गते संशोधित नतिजा प्रकाशित गरेको छ।

संशोधित नतिजापछि परीक्षार्थीहरूले एक जनाको पुनर्योग निवेदनका आधारमा भएको भनिएको नतिजा संशोधनमा अन्य उम्मेदवारको नतिजा कसरी परिवर्तन भयो भन्ने प्रश्न उठाएका छन्।

एकजनाको पुनर्योग, अरूको पनि नतिजा परिवर्तन

राष्ट्र बैंक स्रोतले उपलब्ध गराएको विवरणअनुसार एक जना परिक्षार्थीले आफ्नो प्राप्ताङकमा चित्त नबुझाइ पुनर्योगका लागि निवेदन दिएका थिए। सोही प्रक्रियापछि नतिजा संशोधन गरिएको थियो।

तर, संशोधित नतिजामा २ जना महिलासमेत उत्तीर्ण सूचीमा देखिएपछि प्रश्न उठेको छ।

राष्ट्र बैंकका केही पदाधिकारीहरूले समेत यस विषयमा चासो व्यक्त गरेका छन्। यदि पुनर्योगका लागि निवेदन एकजनाले मात्र दिएका थिए भने अन्य उम्मेदवारको नतिजा कुन प्रक्रियाबाट पुनः परीक्षण गरियो? के आयोगले त्यसक्रममा अन्य उत्तरपुस्तिका वा प्राप्ताङकमासमेत पुनः जाँच गरेको थियो?

यस विषयमा आयोगले स्पष्ट र विस्तृत जानकारी सार्वजनिक गर्नुपर्ने सरोकारवालाहरूको माग छ।

पहिले उत्तीर्ण, संशोधित नतिजामा नाम गायब

यस प्रकरणको अर्को महत्वपूर्ण पक्ष एक महिला परिक्षार्थीको नतिजासँग सम्बन्धित छ। प्रारम्भिक नतिजामा उनी उत्तीर्ण सूचीमा देखिएकी थिइन्। तर, संशोधित नतिजा सार्वजनिक हुँदा उनको नाम सूचीमा छैन।

यसले एक पटक उत्तीर्ण घोषित उम्मेदवारलाई संशोधित नतिजामा हटाउनुको आधार के हो भन्ने अर्को गम्भीर प्रश्न खडा गरेको छ। राष्ट्र बैंकका एक पदाधिकारीले भने, ‘यदि प्राप्ताङ्क प्रविष्टि, गणना वा उत्तरपुस्तिका परीक्षणमा त्रुटि भएको हो भने त्यसको प्रकृति के थियो? र उक्त त्रुटि कसरी पत्ता लाग्यो?’

परीक्षार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आयोगले यसबारे स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने माग राष्ट्र बैंकका पदाधिकारीहरूको छ।

उत्तीर्णको संख्यामा पनि परिवर्तन

प्रारम्भिक र संशोधित नतिजाको तुलना गर्दा उत्तीर्ण परीक्षार्थीको संख्यामा पनि परिवर्तन देखिएको छ। खुलातर्फ प्रारम्भिक नतिजामा ३१ जना उत्तीर्ण भएकोमा संशोधित नतिजामा संख्या बढेर ३२ जना पुगेको छ। त्यसैगरी महिलातर्फ २० जनाबाट बढेर २१ जना पुगेका छन्।

आदिवासी/जनजाति र मधेसी समूहको संख्या भने यथावत रहेको देखिन्छ।यसरी केही समूहतर्फ संख्या बढ्नु र प्रारम्भिक नतिजामा रहेका उम्मेदवारको नाम हट्नुले संशोधन प्रक्रियाको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।

के थियो प्राविधिक वा मानवीय त्रुटि?

परीक्षाको नतिजा प्रकाशन प्रक्रिया र त्यसपछि गरिएको संशोधनलाई लिएर सुरुमा विभिन्न प्रश्न उठे पनि लोक सेवा आयोगले भने यसमा मानवीय त्रुटि भएको जनाएको छ।

लोक सेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माका अनुसार एक परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएपछि पुनः जाँच गर्ने क्रममा यसअघि भएको मानवीय त्रुटि पत्ता लागेको थियो। त्यसपछि सबै विवरण सच्याएर संशोधित नतिजा प्रकाशित गरिएको उनले बताए।

‘एक जना परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। उनको पुनर्योग गर्ने क्रममा हामीलाई अगाडि भएको मानवीय गल्ती थाहा भयो। त्यसपछि हामीले सबै सच्याएर नतिजा सार्वजनिक गरेका हौँ,’ शर्माले नेपाल क्लिक्ससँग भने।उनका अनुसार यस्तो प्रकृतिको मानवीय त्रुटि विरलै हुने गरेको छ।

‘यस्ता घटना दुर्लभ हुन्छन्। यस्तै गल्ती सच्याउनकै लागि हामीले रिटोटलिङ अर्थात् पुनर्योगको व्यवस्था गरेका हौँ,’ उनले भने।पुनर्योगको क्रममा त्रुटि पत्ता लागेपछि आवश्यकताअनुसार सम्बन्धित परीक्षार्थीहरूको नतिजासमेत पुनः जाँच गर्ने गरिएको शर्माले बताए।

उनका अनुसार हाल प्रकाशित संशोधित नतिजा नै अन्तिम हो र अब यसमा थप परिवर्तन हुने छैन।

पारदर्शिताको प्रश्न भने कायमै

आयोगको परीक्षा हजारौँ युवाको भविष्य र सार्वजनिक संस्थामाथिको विश्वाससँग जोडिएको हुन्छ। त्यसैले नतिजा संशोधन हुनु आफैँमा अस्वाभाविक नहुन सक्छ। तर, संशोधनबाट उम्मेदवारको उत्तीर्ण वा अनुत्तीर्ण अवस्थासमेत परिवर्तन हुँदा त्यसको कारण, प्रक्रिया र आधारबारे स्पष्ट जानकारी सार्वजनिक हुनु आवश्यक देखिन्छ।

आयोगले मानवीय त्रुटिका कारण नतिजा संशोधन गर्नुपरेको स्पष्ट पारे पनि, एक परीक्षार्थीको पुनर्योगबाट सुरु भएको प्रक्रियामा अन्य उम्मेदवारको नतिजा कसरी परिवर्तन भयो भन्ने विषयले परीक्षा प्रणालीको विश्वसनीयता र आन्तरिक जाँच प्रक्रियामाथि प्रश्न उठाएको छ।

अब आयोगले त्रुटि कहाँ र कसरी भयो भन्ने विषयमा थप स्पष्टता दिएमा परीक्षार्थीहरूबीच देखिएको अन्योल र संशय हटाउन सहयोग पुग्ने देखिन्छ।

प्रकाशित: २०८३ भदौ १९ गते शुक्रबार ११:५२
प्रतिक्रिया

थप समाचार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक...

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना