काठमाडौँः लक्ष्मी सनराइज बैंकले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
बैंकले प्रदान गरेको सहयोग रकमले बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
प्राकृतिक विपद्बाट प्रभावित समुदायको सहयोगका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।