२०८३ कार्तिक १५ गते शनिवार

सर्वसाधारणलाई बेनी हाइड्रोपावरको आईपीओ खुल्ला, यस्तो छ कम्पनीको वित्तिय अवस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
IPO-1737608163

काठमाडौँः बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषतर्फको सेयर बाँडफाँटपछि कम्पनीले आईपीओको दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको यस निष्काशनबाट कम्पनीले ८ करोड ६३ लाख २० हजार रुपैयाँ पूँजी जुटाउनेछ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशनमा आवेदन दिने म्याद छिटोमा भदौ २५ गतेसम्म रहेको छ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन खुला रहनेछ।

आईपीओमा आवेदन दिनुअघि कम्पनीको वित्तीय तथा व्यावसायिक जोखिमलाई समेत हेर्नुपर्ने देखिन्छ। कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालबाट ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।

कम्पनीको जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ। यसको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति कम्पनीले पाएको थियो।

यसअघि आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। त्यस्तै, कम्पनीका कर्मचारीका लागि २० हजार ८०० कित्ता तथा सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयर छुट्याइएको थियो।

यी हिस्सा पूरा गरेपछि बाँकी रहेको शेयरमध्ये अहिले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरिएको हो।

कहाँबाट दिने आवेदन?

आईपीओमा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ। लगानीकर्ताले मेरो सेयरमार्फत पनि अनलाइन आवेदन दिन सक्नेछन्।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ।

लगानीकर्ताका लागि मुख्य कुराः आईपीओको अंकित मूल्य १०० रुपैयाँ भए पनि आवेदन गर्नु अघि कम्पनीको रेटिङ, आयोजना लागत, ऋण तथा वित्तीय अवस्था, विद्युत उत्पादनको जोखिम र भविष्यको आम्दानीसम्बन्धी विवरण अध्ययन गर्नु महत्वपूर्ण हुन्छ।

प्रकाशित: २०८३ भदौ २२ गते सोमबार १०:३८
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना