२०८३ भदौ ३० गते मङ्गलबार

सर्वसाधारणलाई बेनी हाइड्रोपावरको आईपीओ खुल्ला, यस्तो छ कम्पनीको वित्तिय अवस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
IPO-1737608163

काठमाडौँः बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषतर्फको सेयर बाँडफाँटपछि कम्पनीले आईपीओको दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको यस निष्काशनबाट कम्पनीले ८ करोड ६३ लाख २० हजार रुपैयाँ पूँजी जुटाउनेछ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशनमा आवेदन दिने म्याद छिटोमा भदौ २५ गतेसम्म रहेको छ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन खुला रहनेछ।

आईपीओमा आवेदन दिनुअघि कम्पनीको वित्तीय तथा व्यावसायिक जोखिमलाई समेत हेर्नुपर्ने देखिन्छ। कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालबाट ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।

कम्पनीको जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ। यसको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति कम्पनीले पाएको थियो।

यसअघि आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। त्यस्तै, कम्पनीका कर्मचारीका लागि २० हजार ८०० कित्ता तथा सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयर छुट्याइएको थियो।

यी हिस्सा पूरा गरेपछि बाँकी रहेको शेयरमध्ये अहिले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरिएको हो।

कहाँबाट दिने आवेदन?

आईपीओमा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ। लगानीकर्ताले मेरो सेयरमार्फत पनि अनलाइन आवेदन दिन सक्नेछन्।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ।

लगानीकर्ताका लागि मुख्य कुराः आईपीओको अंकित मूल्य १०० रुपैयाँ भए पनि आवेदन गर्नु अघि कम्पनीको रेटिङ, आयोजना लागत, ऋण तथा वित्तीय अवस्था, विद्युत उत्पादनको जोखिम र भविष्यको आम्दानीसम्बन्धी विवरण अध्ययन गर्नु महत्वपूर्ण हुन्छ।

प्रकाशित: २०८३ भदौ २२ गते सोमबार १०:३८
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

पुँजीबजार सुधार कार्ययोजनाको प्रभाव सेयर बजारमा, नेप्से ४८.५७ अंकले बढ्यो, कारोबार दोब्बर

काठमाडौँ: अर्थमन्त्रालयले अघि सारेको पुँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा परेको छ। सोमबार साँझ सार्वजनिक गरिएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले बजारमा...

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते साँझ बसेको सञ्चालक समितिको...

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

पुनरुत्थान कार्ययोजना पुँजी बजार विकासका लागि महत्त्वपूर्ण नीतिगत पहलः अध्यक्ष ढकाल

काठमाडौँ: स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना