काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा परिवारको सहयोगका लागि नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले करिब १ करोड ३९ लाख रुपैयाँ सहयोग गरेका छन्।
गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीले १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीबाट उक्त रकम संकलन गरिएको केन्द्रीय बैंकले जनाएको छ।