२०८३ कार्तिक १५ गते शनिवार

वाणिज्य बैंकहरूको कर्मचारी खर्च ६२ अर्ब ६८ करोड नाघ्यो, राष्ट्रिय वाणिज्यको सबैभन्दा बढी

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, भदौ २४
banijya_bank

काठमाडौँः सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको कर्मचारी खर्च एक वर्षमै २ अर्ब ६५ करोड रुपैयाँ बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले आफ्ना कर्मचारीको तलब, भत्ता, बोनस तथा अन्य सुविधामा कुल ६२ अर्ब ६८ करोड रुपैयाँ खर्च गरेका छन्।

यो खर्च अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४.४१ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको कर्मचारी खर्च ६० अर्ब ३ करोड रुपैयाँ रहेको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा यस्तो खर्च ५५ अर्ब ८९ करोड रुपैयाँ थियो।

यसरी पछिल्लो दुई वर्षमा मात्रै वाणिज्य बैंकहरूको कर्मचारी खर्च करिब ६ अर्ब ७९ करोड रुपैयाँ बढेको देखिन्छ।

बैंकहरूको कर्मचारी खर्च बढ्नुमा तलब वृद्धि, ग्रेड वृद्धि, विभिन्न भत्ता, बोनस तथा कर्मचारीलाई दिइने अन्य सुविधालाई मुख्य कारण मानिएको छ। विशेषगरी आर्थिक वर्षको अन्त्यमा बोनस तथा अन्य सुविधा भुक्तानी हुने भएकाले असार महिनामा कर्मचारी खर्च थप बढ्ने गरेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।

सिटिजन्स बैंकका प्रमुख सुचना अधिकारी नारायणराज अधिकारीका अनुसार बैंकिङ क्षेत्रमा कर्मचारीको तलब तथा सुविधा वर्षेनी बढ्ने भएकाले कर्मचारी खर्च पनि स्वाभाविक रूपमा बढ्दै जान्छ।

‘आर्थिक वर्षको अन्त्यमा तलब वृद्धि, ग्रेड वृद्धि, भत्ता र बोनस लगायतका कारण कर्मचारी खर्च बढेको देखिन्छ। ग्रेडले मात्रै पनि करिब चार प्रतिशतसम्म वृद्धि देखाउँछ। अहिले धेरै बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेपछि सामान्य रूपमा कर्मचारी खर्च पनि बढ्ने नै भयो,’ उनले भने।

राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च सबैभन्दा बढी
२० वाणिज्य बैंकमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब तथा सुविधामा ५ अर्ब १४ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ।

त्यसपछि लक्ष्मी सनराइज बैंकले ४ अर्ब ९० करोड १६ लाख, कृषि विकास बैंकले ४ अर्ब २९ करोड ४२ लाख, नेपाल बैंकले ४ अर्ब १२ करोड २२ लाख र ग्लोबल आइएमई बैंकले ४ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन्।

त्यस्तै, नबिल बैंकले ४ अर्ब ३ करोड ६४ लाख र प्रभु बैंकले ३ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ खर्च गरेका छन्।

कुमारी बैंकको कर्मचारी खर्च ३ अर्ब ७३ करोड २५ लाख, हिमालयन बैंकको ३ अर्ब ४० करोड ७१ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ४० करोड ६४ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी एनआईसी एसिया बैंकले ३ अर्ब ३१ करोड २ लाख, सिद्धार्थ बैंकले २ अर्ब ९६ करोड ५७ लाख, एनएमबी बैंकले २ अर्ब ४५ करोड ४६ लाख र माछापुच्छ्रे बैंकले २ अर्ब ३७ करोड ९८ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन्।

सिटिजन्स बैंकले २ अर्ब १० करोड ५२ लाख, एभरेस्ट बैंकले २ अर्ब १४ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब ८१ करोड ४६ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ७६ करोड १९ लाख र सानिमा बैंकले १ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ खर्च गरेका छन्।

सबैभन्दा कम कर्मचारी खर्च गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले कर्मचारीका लागि १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ।

प्रविधिको प्रयोग बढे पनि कर्मचारी खर्च घटेन
बैंकिङ क्षेत्रमा डिजिटल सेवा र प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल भुक्तानीका कारण बैंकका धेरै सेवा प्रविधिमैत्री बन्दै गएका छन्। तर दक्ष जनशक्तिको आवश्यकता भने कायमै छ।

प्रतिस्पर्धी बैंकिङ बजारमा दक्ष कर्मचारीलाई टिकाइराख्न तलब तथा सुविधा बढाउनुपर्ने भएकाले प्रविधिको प्रयोग बढे पनि कर्मचारी खर्चमा ठूलो कमी आउन सकेको छैन।

अधिकारीका अनुसार बैंकमा कर्मचारीको संख्या घटे पनि कर्मचारी खर्च वर्षेनी बढ्नु स्वाभाविक हो। ‘हेडकाउन्ट घटेको छ। तर, वर्षेनी तुलना गर्दा खर्च बढ्छ नै, किनकि कसैले पनि आफ्नो तलब कहिल्यै घटाउँदैन।’

बैंकहरूको सञ्चालन लागतमा कर्मचारी खर्च महत्वपूर्ण हिस्सा हो। पछिल्ला वर्षमा कर्मचारी खर्च निरन्तर बढ्दै जानुले बैंकिङ क्षेत्रको सञ्चालन लागतमा जनशक्तिको भूमिका अझै महत्वपूर्ण रहेको देखाएको छ।

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार ०७:२९
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना