काठमाडौँः नबिल बैंक नेपालमा एसियाली विकास बैंक (एडीबी) को ‘लिडिङ पार्टनर बैंक’का रूपमा सम्मानित भएको छ। एडीबीको १२औँ वार्षिक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
व्यापार तथा आपूर्ति शृंखला वित्तमा बैंकले पु¥याएको योगदान, साझेदारी विस्तार र व्यवसाय तथा आर्थिक वृद्धिमा गरेको सहयोगको कदरस्वरूप अवार्ड प्रदान गरिएको नबिल बैंकले जनाएको छ।
ग्लोबल ट्रेड रिभ्यु (जीटीआर) एसिया सम्मेलनसँगै आयोजित कार्यक्रममा क्षेत्रभरका ट्रेड फाइनान्स विज्ञ, साझेदार बैंक तथा उद्योग प्रतिनिधिहरूको सहभागिता थियो। बैंकले यो सम्मानले एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार वित्तलाई थप सुदृढ बनाउन आफ्नो प्रतिबद्धता प्रतिबिम्बित गरेको जनाएको छ।