काठमाडौँः तीन वर्षपछि कुमारी बैंकले लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हाल चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ छ । आव २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
एनसीसी बैंकसँग मर्जर भएपछि बैंकले लगातार तीन वर्ष लाभांश वितरण गर्न सकेको थिएन । चौथो वर्षमा भने बैंकले लाभांश वितरण गर्न लागेको हो ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कुमारी बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड पुगेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी इपीएस २८.१७ रुपैयाँ रहेको छ।


