काठमाडौँः कामना सेवा विकास बैंकले सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बुधबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो।
बैंकका अग्राधिकार सेयरधनीले भने अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि गत असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
साधारण सभाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले एनबीएसएम एन्ड एसोसिएट्सलाई आगामी अवधिका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।


