२०८३ असोज ४ गते आईतबार

पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
photo_6a0fd827

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबीच आर्थिक, कूटनीतिक तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा उच्चस्तरीय भेटवार्ता र संवाद हुने जनाइएको छ। भ्रमणको पहिलो दिन आजै साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भोली शुक्रबार बिहान ९ बजे पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सोही दिन साँझ ५ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। त्यसपछि साँझ ७ः३० बजे भारत व्यापार संवर्धन संगठन (आईटीपीओ) का अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तालिका छ।

शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमण सम्पन्न गरी उनी शनिबार साँझ ४ बजे काठमाडौं फर्कनेछन्।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

प्रकाशित: २०८३ असोज १ गते बिहिबार १०:२५
प्रतिक्रिया

थप समाचार

घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक

काठमाडौँ: चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ। प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ। नेपाल जग्गा...

६३ सालदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

काभ्रे: धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना...

प्राकृतिक विपद्‌बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ: उपाध्यक्ष भट्ट

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्। पछिल्लो विपद्बाट भएको क्षति र नोक्सानीलाई हेर्दा...

१०० भन्दा बढी स्टलसहित ‘रियल स्टेट एक्स्पो’ सुरु

काठमाडौँः ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल जग्गा तथा...

घरजग्गा कारोबार बौरियो तर सन्तुष्ट छैनन् व्यवसायी, भन्छन्: नीतिगत अवरोध कायमै छ

तथ्यांकले घरजग्गा कारोबारमा सुधार भइरहेको देखाए पनि व्यवसायीहरूले भने बजार अझै सहज अवस्थामा नपुगेको र कारोबार पूर्णरूपमा चलायमान हुन नसकेको बताएका छन्।
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना