२०८३ असोज ४ गते आईतबार

प्राकृतिक विपद्‌बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ: उपाध्यक्ष भट्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
photo_cedafc09

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्।

पछिल्लो विपद्बाट भएको क्षति र नोक्सानीलाई हेर्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको क्षति भएको उनले बताए।

शुक्रबार आयोजित राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा बोल्दै भट्टले भूकम्पबाहेकका प्राकृतिक विपद्का कारण नेपालले यसअघि हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको करिब दुई प्रतिशत बराबरको क्षति व्यहोर्दै आएको तथ्यांक रहेको बताए।

उनले भने, ‘हामीले हेर्ने हो भने भूकम्पबाहेकका अरू प्राकृतिक विपद्का कारणले नेपालले हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत हानि–नोक्सानी भइरहेको छ भन्ने हामीले हेर्ने गथ्र्यौं। तर पछिल्लो घटना हेर्दा र अहिलेसम्मको उपलब्ध तथ्यांकले जुन चार सय अर्बको क्षति र नोक्सानी भएको देखाएको छ, यसले ६ प्रतिशत हानि–नोक्सानी भएको देखाउँछ।’

प्राकृतिक विपद् र जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई वित्तीय साक्षरतासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए। वित्तीय सेवा प्रवाह तथा वित्तीय साक्षरता प्रवद्र्धनका कार्यक्रमलाई वातावरणीय जोखिम र जलवायु परिवर्तनबाट उत्पन्न असरलाई समेत समेटेर लक्षित वर्गसम्म पु¥याउनुपर्ने उनको भनाइ छ।

उनले वित्तीय सेवाका लक्षित ग्राहकसँगै पछाडि परेका क्षेत्र, समुदाय तथा महिला उद्यमीलाई पनि जलवायु तथा विपद्जन्य जोखिमबारे वित्तीय जानकारी दिनुपर्ने बताए।

‘त्यसैले हामीले वित्तीय साक्षरता प्रवद्र्धन गर्ने अथवा वित्तीय सेवा प्रवाह गर्ने यी सबै कुराहरूको अन्तरसम्बन्ध अब वातावरणीय जोखिमसँग पनि अथवा जलवायु परिवर्तनबाट उत्पन्न भएको जुन दुष्परिणाम छ, त्यससँग पनि जोडेर वित्तीय सेवाका लक्षित ग्राहकहरू र अझ पछाडि परेका क्षेत्र, समुदाय, महिला उद्यमीहरूसम्म पनि यो विषय उत्तिकै जानकारीमूलक ढंगले अगाडि बढाउनुपर्छ,’ उनले भने।

त्यस्तै कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले नेपालमा वित्तीय क्षेत्रमा ठूलो सम्भावना भए पनि वित्तीय साक्षरताको कमीका कारण त्यसको पूर्ण उपयोग हुन नसकेको बताए।

उनले वित्तीय साक्षरता जोखिम व्यवस्थापनका लागि मात्र नभई अर्थतन्त्रमा पैसाको प्रवाह बढाउनसमेत महत्वपूर्ण रहेको बताए।

‘वित्तीय क्षेत्रमा हाम्रो ठूलो सम्भावना हुँदाहुँदै पनि वित्तीय साक्षरता कम भएकै कारण यसको प्रयोग चाहिँ कम भएको देखिएको छ,’ उनले भने।

उपाध्यायले वित्तीय साक्षरतालाई जोखिम व्यवस्थापनसँग मात्र जोडेर हेर्न नहुने बताए। वित्तीय प्रणालीमा पैसाको प्रवाह र त्यसको चक्र बढ्दै जाँदा अर्थतन्त्रसमेत लाभान्वित हुने उनको भनाइ छ।

उनले भने,‘हामीले रिस्क म्यानेजमेन्टको दृष्टिकोणले मात्र पनि होइन, यसको क्यास फ्लो र यसको जुन चक्र हुन्छ, जति पैसाको चक्र जति बढ्दै गयो, अर्थतन्त्र त्यति नै लाभान्वित हुँदै जाने हो। पैसाको मोबिलिटी बढाउन पनि वित्तीय साक्षरताको महत्व रहन्छ।’

 

प्रकाशित: २०८३ असोज २ गते शुक्रबार १२:०८
प्रतिक्रिया

थप समाचार

घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक

काठमाडौँ: चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ। प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ। नेपाल जग्गा...

६३ सालदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

काभ्रे: धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना...

१०० भन्दा बढी स्टलसहित ‘रियल स्टेट एक्स्पो’ सुरु

काठमाडौँः ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल जग्गा तथा...

पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका...

घरजग्गा कारोबार बौरियो तर सन्तुष्ट छैनन् व्यवसायी, भन्छन्: नीतिगत अवरोध कायमै छ

तथ्यांकले घरजग्गा कारोबारमा सुधार भइरहेको देखाए पनि व्यवसायीहरूले भने बजार अझै सहज अवस्थामा नपुगेको र कारोबार पूर्णरूपमा चलायमान हुन नसकेको बताएका छन्।
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना