२०८३ असोज ४ गते आईतबार

निक्षेप २० अर्ब घट्दा कर्जा विस्तार २३ अर्ब ५८ करोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३
loan

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप घटे घटेको छ। निजी क्षेत्रतर्फ कर्जा प्रवाह बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २० अर्ब ७१ करोड रुपैयाँ घट्दा निजी क्षेत्रतर्फको कर्जा २३ अर्ब ५८ करोड रुपैयाँले बढेको हो।

राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ छ। समीक्षा अवधिमा निक्षेप ०.३ प्रतिशतले घटेको हो।

अघिल्लो आर्थिक वर्ष २०८२/०८३को साउनमा निक्षेप ०.८ प्रतिशत अर्थात् ५५ अर्ब ७९ करोड रुपैयाँ घटेको थियो।

यद्यपि, वार्षिक विन्दुगत आधारमा भने बैंकिङ प्रणालीको निक्षेप १४.५ प्रतिशत बढेको छ।

निजी क्षेत्रमा २३ अर्बभन्दा बढी कर्जा

निक्षेप घटेसँगै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ। साउन मसान्तमा निजी क्षेत्रतर्फको कुल कर्जा ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको साउनमा निजी क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो। वार्षिक विन्दुगत आधारमा भने निजी क्षेत्रतर्फको कर्जा ७ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ११ प्रतिशत कर्जा विस्तार हुने अनुमान गरेको छ।

कुल निजी क्षेत्रको कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी दुई क्षेत्रको हिस्सा क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत थियो।

कुन क्षेत्रमा बढ्यो कर्जा?

साउनमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा मध्ये खनिज क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत बढेको छ। धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा ३ प्रतिशत र निर्माण क्षेत्रमा २.१ प्रतिशत कर्जा बढेको छ।

त्यस्तै सेवा उद्योगमा १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १.२ प्रतिशत र यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ०.८ प्रतिशत कर्जा विस्तार भएको छ।

थोक तथा खुद्रा व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा कर्जा क्रमशः ०.३–०.३ प्रतिशत बढेको छ।

तर, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा कर्जा ५.१ प्रतिशत घटेको छ। कृषि क्षेत्रमा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.६ प्रतिशत कर्जा घटेको राष्ट्र बैंकको तथ्यांक छ।

आवधिक र रियलस्टेट कर्जा बढ्यो

कर्जाको प्रकृतिअनुसार हेर्दा साउनमा आवधिक कर्जा १.५ प्रतिशत बढेको छ। ट्रस्ट रिसिट (आयात) कर्जा १ प्रतिशत, रियलस्टेट कर्जा तथा व्यक्तिगत आवासीय घर कर्जा ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशत बढेको छ।

यसको विपरीत विपन्न वर्ग कर्जा ७.३ प्रतिशत घटेको छ। अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत तथा माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको छ।

घरजग्गा धितोमा अझै ठूलो हिस्सा

बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा अझै ठूलो रहेको छ। साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६३ प्रतिशत घरजग्गा धितो सुरक्षणमा आधारित रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ६४.४ प्रतिशत थियो।

त्यस्तै कृषि तथा गैरकृषिजन्य वस्तुलगायत चालु सम्पत्तिको सुरक्षणमा प्रवाह भएको कर्जाको हिस्सा १५.३ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो हिस्सा १४.८ प्रतिशत थियो।

निक्षेपको संरचना पनि बदलिँदै

बैंकिङ प्रणालीको निक्षेप संरचनासमेत पछिल्लो एक वर्षमा परिवर्तन आएको छ। साउन मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको हिस्सा ७.३ प्रतिशत, बचतको ४७.६ प्रतिशत र मुद्दती निक्षेपको ३५.६ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको साउनमा यी निक्षेपको हिस्सा क्रमशः ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत थियो।

यसले एक वर्षको अवधिमा मुद्दती निक्षेपको हिस्सा घट्दै बचत तथा चल्ती निक्षेपको हिस्सा बढेको देखाउँछ।

संस्थागत निक्षेपको हिस्सा पनि अघिल्लो वर्षको तुलनामा घटेको छ। साउन मसान्तमा कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.३ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्ष यस्तो हिस्सा ३५.१ प्रतिशत थियो।

 

प्रकाशित: २०८३ असोज ३ गते शनिवार ०८:३६
प्रतिक्रिया

थप समाचार

एक महिनामा बैंकहरूले कमाए पौने ९ अर्ब, सबैभन्दा ज्यादा नबिलले, अरूले कति?

सबैभन्दा कम खुद नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ। बैंकले १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

प्रधानमन्त्री राहत कोषमा बैंकले दिए करोडौं सहयोग, सीएसआर खर्च मान्नेमा अन्योल

पछिल्लो मार्गदर्शनमा सीएसआरको रकम शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा राहत, वातावरण संरक्षण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्यलगायतका क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था छ।

साझा यातायातको डिजिटल टिकटिङमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौँः साझा यातायातले सार्वजनिक यातायातको भाडा संकलन प्रणालीलाई डिजिटल बनाउन नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसँग सहकार्य गरेको छ। साझा यातायातको डिजिटल टिकटिङ प्रणालीअन्तर्गत बैंकले पेमेन्ट...

आजदेखि रु ५० का नयाँ नोट बजारमा

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र...

अमेरिकामा बढ्यो ब्याजदर,मंहगी नियन्त्रण र बचत वृद्धि हुने फेडरल रिजर्भको दाबी

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले सर्वसम्मत निर्णय गर्दै ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतबाट बढाएर ३.७५ देखि ४ प्रतिशतसम्म पुर्‍याएको हो।
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना