२०८३ कार्तिक २० गते बिहिबार

नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
New Project – 2026-11-05T112758.922

काठमाडौँः नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिइएको छ ।

सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवद्र्धन गर्ने तयारी भइरहेका बेला नेपाल पर्यटन बोर्डले बुधबार काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले नेपालको वेलनेस पर्यटन आफ्नै मौलिक पहिचानमा आधारित हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व वेलनेस पर्यटन बजारमा छुट्टै पहिचान स्थापित गर्ने पर्याप्त आधार रहेको बताए । उनले नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

दुई दशकभन्दा लामो समयदेखि विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूसँग काम गरेका फ्र्याङ्कलिनले नेपालको वेलनेस पर्यटन प्रवद्र्धन गर्दा अन्य देशको अवधारणाको नक्कल गर्न नहुने बताए ।

उनले नेपालका मन्दिर, संस्कृति, परम्परा र समुदायसँग जोडिएका अनुभवलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुपर्ने धारणा राखे । वेलनेस पर्यटनलाई स्पा, मसाज र आराममा मात्र सीमित नगरी आत्मिक शान्ति, प्रकृतिसँगको सम्बन्ध र मौलिक जीवनशैलीसँग जोड्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले वेलनेस पर्यटन विकास गर्दा मौलिक सम्पदाको संरक्षण र आर्थिक लाभबीच सन्तुलन कायम गर्नुपर्ने बताए ।

उनले वेलनेस पर्यटनले मानिसलाई आफैँसँग जोडिन, आफ्नो अस्तित्व बुझ्न र आत्मिक शान्ति प्राप्त गर्न सहयोग गर्ने उल्लेख गर्दै नेपालको संस्कृति, प्रकृति र जीवनशैलीलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिने बताए ।

गौतमले अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान मुख्यतः हिमाल र पर्वतारोहणमा सीमित रहेको उल्लेख गर्दै वेलनेस पर्यटनको छुट्टै पहिचान स्थापित गर्न आवश्यक रहेको बताए । त्यसका लागि नेपालको मौलिक विशेषतालाई अन्तर्राष्ट्रिय बजारले बुझ्ने गरी प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सन् २०२७ को नेपाल वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान निर्माण तथा वेलनेस पर्यटन विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रकाशित: २०८३ कार्तिक २० गते बिहिबार ११:२८
प्रतिक्रिया

थप समाचार

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना