२०८३ कार्तिक ११ गते मङ्गलबार

सोमराजबाट ठगिनेको संख्या ४३७ पुग्यो, २४ करोडको मागदाबी

 |  किशोर दाहाल
Sanket

किशोर दाहाल

काठमाडौँ, असार २१
somraj_bk_gauradaha

झापा- बढी ब्याज पाउने लोभमा झापा गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ठूलो संख्याका सर्वसाधारण ठगिन पुगेका छन्। गौरादहका सुनचाँदी व्यापारी सोमराज विश्वकर्माले आफूहरूको रकम लिएको भन्दै ४३७ जनाले वडा कार्यालयमा निवेदन दिएका छन्। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। सोमराज भने यतिबेला फरार छन्।

गौरादह-१ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार हालसम्म प्राप्त निवेदनमा गरिएको मागदाबी गरेको रकम २४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। विश्वकर्माले सर्वसाधारणसँग मात्र उक्त रकम लिएका हुन्। ‘हालसम्म ४३७ जनाले आफू ठगीमा परेको भन्दै निवेदन दिएका छन्। यी सबै निवेदनमा गरिएको मागदाबी जोड्दा २४ करोडभन्दा बढी पुगेको देखिन्छ,’ वडाध्यक्ष भण्डारीले भने, ‘वडामा प्राप्त भएका सबै निवेदनका साथ जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी भइरहेको छ। यसका लागि बिहीबारै नगरपालिकाले सर्वपक्षीय छलफलका लागि सरोकारवालाहरलाई बोलाएको छ।’

भण्डारीका अनुसार विश्वकर्माबाट ठगीमा परेको भन्दै न्यूनतम ४० हजारदेखि अधिकतम ४० लाख ५० हजारसम्म मागदाबी निवेदनमा गरिएको छ। पीडितको संख्या बढ्न सक्ने भन्दै गौरादह १ वडा कार्यालयले शुक्रबारसम्मका लागि निवेदन दिने म्याद थपेको छ।

विश्वकर्माले बैंक तथा वित्तीय संस्थाबाट पनि ठूलो मात्रामा कर्जा लिएका छन्। वडाका अनुसार विश्वकर्माले बैंक तथा वित्तीय संस्थाबाट ७ करोडभन्दा बढी रकम कर्जा लिएका हुन्।

विश्वकर्माले आफूबाट लगेको भन्दै रकम दावी गर्नेमध्ये गौरादह नगरपालिकाबासी ८५ प्रतिशत छन्। बाँकी १५ प्रतिशत गौरादहसँगै जोडिएको कमल गाउँपालिका तथा मोरङ, उर्लाबारी र विर्तामोडबाट समेत निवेदन परेको वडा कार्यालयले जनाएको छ।

ठगी गरेको भन्दै निवेदन दिनेहरूले ब्याजका रूपमा मोटो रकम दिने आश्वासन दिएका कारण आफूहरूले सोमराजलाई विश्वास गरेको उल्लेख गरेका छन्। विश्वकर्माले व्यक्तिहरूबाट ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर ६० हजारदेखि ४० लाखसम्म उठाएको भन्दै निवेदन परेको गौरादह वाणिज्य संघका सदस्य ई. भानु आचार्यले बताए। ‘स्थिति भयावह हुँदै गएको छ। पीडितहरुको संख्या बढ्दै गइरहेको छ,’ उनले भने, ‘गौरादहभन्दा बाहिरबाट समेत ठगीमा परेको भन्दै निवेदन दिनेहरु पनि आउन थालेका छन्।’

सोमराजले गरेको कारोबारको टिपोट।

विश्वकर्माको गाउँ गौरादह नजिकैको महारानीझोडा मझुवामा पर्छ। उनले त्यो गाउँका स्थानीयसँग मात्र ५ करोडभन्दा बढी रकम उठाएको देखिएको छ। त्यहाँका सिधासाधा जनतालाई बढी ब्याज दिने प्रलोभनमा पारेर सिंगो गाउँवासीलाई पिडित बनाएको रहस्य खुलेको छ।

‘सोमराज भागेको खबर थाहा पाएपछि भोक पनि लाग्दैन। निन्द्रा पनि लाग्दैन। के गर्ने गर्ने छटपट्टीमा मात्रै छ,’ वडामा निवेदन दिएका एक स्थानीय भन्छन्। आगामी दिनमा स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। ‘सोमराजका कारण यस क्षेत्रमा त्राइमानको अवस्था सृजना भएको छ। स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा बढ्दै गएको छ,’ उनले भने।

विश्वकर्मा विगत १ वर्ष अगाडिबाटै व्यावसायिक रुपमा समस्या फसिसकेका थिए। सोही समयदेखि नै विश्वकर्माले कोभिड-१९ र आर्थिक मन्दीको बाहना देखाउँदै गौरादहभन्दा बाहिर लुकिछुपी बस्दै आएका थिए। आफ्नो जायजेथा बिक्री गरेर भएपनि व्यवहार मिलाइदिने आवश्वासन सबैलाई दिएका विश्वकर्माले असार १५ गते गौरादह वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीलाई पत्र पठाएपछि गौरादहबासी चकित भएका थिए।

आर्थिक मन्दीका कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वडाअध्यक्ष भण्डारीलाई सम्बोधन गर्दै गौरादह उद्योग वाणिज्य संघको समन्वयमा आफ्नो व्यवहार मिलाइदिन र आफूलाई नखोज्न भन्दै हस्तलिखित पत्र पठाएका थिए। आफ्नो श्रीसम्पत्ति तथा परिवार छोडेर हिँडेको र कतिपयलाई सावाभन्दा ब्याज बढी दिएको भन्दै उनले आफ्ना ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचनापत्र मार्फत गरेका थिए।

फेसबुक म्यासेन्जरमा उक्त पत्र प्राप्त भएको अध्यक्ष भण्डारीले यसअघि नै नेपाल क्लिक्सलाई बताइसकेका छन्। पत्र प्राप्त भएसँगै वडाध्यक्ष भण्डारीले झापा जिल्ला प्रशासन कार्यालय, गौरादह नगरपालिका, गौरादह वाणिज्य संघ, इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए।

विश्वकर्माले मध्यवर्गीय व्यक्तिहरुको बढी पैसा उठाएकाले उनीहरु बढी नै पीडित भएको बताइएको छ। उनले गौरादहमा सञ्चालित ६ बैंकमध्ये प्राइम बैंक, कृषि विकास बैंक र महालक्ष्मी विकास बैंकभन्दा बढी निक्षेप संकलन गर्ने गरेको बताइन्छ। एनआईसी एसिया, सिद्धार्थ र नेपाल बैंक लिमिटेडले भने मात्रै विश्वकर्माले भन्दा बढी निक्षेप संकलन गर्दै आएका थिए।

करोडौँ ठगेर फरार भए झापाका सुन व्यवसायी सोमराज

विश्वकर्माले प्राइम बैंकबाट गौरादहस्थित आफ्नो घर धितोमा राखी १ करोड ५५ लाख रुपैयाँ कर्जा लिएका छन्। यसैगरी विभिन्न व्यक्तिबाट १० केजीको हाराहारीमा सुन बन्धक लिएर उनले सापटी दिएको बताइएको छ।

उक्त सुन समेत बैंकमा धितोमा राखेर करिब १ करोड रुपैयाँ कर्जा लिएका छन्। एक जना व्यक्तिको नाममा १० लाखभन्दा बढी सुन धितोमा राखेर कर्जा लिन नपाउने राष्ट्र बैंकको व्यवस्थाका कारण उनले आफ्नो परिवार र कालिगढका नाममा उक्त कर्जा लिएको स्थानीय बताउँछन्। बैंकमा रहेको उक्त सुन दावी गर्नका लागि आवेदन दिन भने कोही पनि आएका छैनन्। यसैगरी उनले जग्गाधितोमा राखेर शुभलक्ष्मी सहकारीबाट ४० लाख र न्यु पब्लिक सहकारीबाट २३ लाख रुपैयाँ कर्जा लिएको खुलेको छ।

कारोबारको टिपोट भएको सोमराजको डायरी।

विश्वकर्माले पकेट डायरीलाई पासबुकका रुपमा प्रयोग गर्दै सापटी लिएको र कर्जा दिएको विवरण राख्ने गरेका थिए। कोभिडभन्दा अगाडिसम्म दैनिक १ करोडभन्दा बढी नगद आफैँसँग राखेर लेनदेन गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

गौरादह-१ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थामा भन्दा विश्वकर्माकोमा पैसा लिनेदिनेको भिड बढी हुने गरेको थियो। ‘सोमराजको कारोबार र मानिसको भिडभाडले उक्त कुरा पुष्टि हुन्थ्यो। निक्षेप जम्मा धेरै गरेको रहेछ। तर, पछिल्लो समय उनको व्यवहार अनियन्त्रित भयो। उनले आफ्नो व्यवहार थाम्न सकेनन्। यसैकारणले उनले आफुसँग भएको घरजग्गा पनि ऋणीलाई पास गरिदिँदै आएका थिए’, भण्डारीले भने।

जयजेथा र परिवार गौरादहमा नै छोडेर आफू हिँडेको वडाध्यक्षलाई पठाएको पत्रमा उल्लेख छ। विश्वकर्माको सम्पत्ति र दायित्व कति छ भनेर मूल्यांकन गर्ने प्रक्रियासमेत अगाडि बढेको छ। विश्वकर्माका श्रीमती र छोराले सोमराजले सम्पूर्ण हिसाबकिताब वडा कार्यालयमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमराजका कारण उनका दाजु ख्यामराज विश्वकर्मासमेत समस्यामा परेका छन्। करिब ५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएका ख्यामराज विश्वकर्मासँग पनि सर्वसाधारणहरु शसंकित हुँदै रकम फिर्ता माग्न थालेका छन्। ऋण दिने सबै सर्वसाधारणहरु एकै पटक रकम फिर्ता मागेका उनी समस्यामा पर्न सक्ने अवस्था सिर्जना भएको छ। विश्वकर्मा कहाँ छन् भन्ने अझै यकिन हुन सकेको छैन।

विश्वकर्माले वडाअध्यक्षलाई पत्र पठाएपछि कतिपय व्यक्तिसँग लिएको रकम भने फिर्ता गरेको खुलेको छ। गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेबी कार्कीसँग लिएको १० लाख रुपैयाँ र गौरादह वडा नम्बर २ का अध्यक्ष गोपाल कोइरालासँग लिएको २० लाख रुपैयाँ विश्वकर्माले फिर्ता दिएको बताइएको छ। यस्तै गौरादहकै एक स्थानीय लिलु श्रेष्ठसँग लिएको रकम पनि उनले फिर्ता गरेका छन्। तर, श्रेष्ठलाई फिर्ता गरेको रकम भने खुलेको छैन।

वडाले संकलन गरेको निवेदनका आधारमा नगरपालिकामा छलफल गर्ने तयारी भएको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले बताए। ‘परिवारले पनि विश्वकर्मा कहाँ गएको हो थाहा नभएको बताएको छ। कति पैसा कसले जम्मा गरेको थियो निवेदन वडा कार्यालयमा परिरहेको छ। आज नगरपालिकामा एक पटक वसेर छलफल गर्ने तयारीमा छौं। उनको सम्पत्ति छ वा छैन, भागेको हो वा होइन भनेर खोजी गर्ने काम अगाडी बढेको छ। परिवारलाई बोलाएर व्यवहार यसरी अलपत्र छोड्न हुँदैन भनेर सम्झाउने काम भएको छ’, उनले भने। कानुन प्रावधानमा जानुपर्दा अन्योलपूर्ण अवस्था देखिएको उनी बताउँछन्। ‘कानुनी पक्रियामा जानुपर्ने भएमा कानुनविदहरुसँग छलफल गर्नुपर्ने हुन्छ। स्थानीय तहले यस्तो मुद्दामा गर्ने केही हुँदैन रहेछ। यस्तो प्रकारको लेनदेनमा बडा गाह्रो हुने रहेछ,’ सुवेदीले थपे।

वडा कार्यालयले पीडितहरुको निवेदन प्रहरी कार्यालयमा नबुझाउँदासम्म विश्वकर्माविरुद्ध चलाउने मुद्दाको प्रकृतिबारे टुङ्गो नलाग्ने प्रहरीले बताएको छ।

प्रकाशित: २०८० असार २१ गते बिहिबार ०१:३०
Sanket

किशोर दाहाल

दाहाल अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना