२०८३ कार्तिक १६ गते आईतबार

करोडौँ ठगेका सोमराजको चलअचल सम्पत्ति रोक्का, कसरी छानबिन गर्दैछ नगरपालिका?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

गौरादह, असार २३
somraj_bk

झापा- गौरादह बजारका सुनचाँदी व्यापारी सोमराज विश्वकर्माबाट ठगिएको भन्दै ४६६ जनाले निवेदन दिएपछि नगरपालिकाले उनको नाममा रहेका सबै चलअचल सम्पत्ति रोक्का गर्नका लागि सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय गरेको छ। बढी लोभमा झापा गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ठूलो संख्याका सर्वसाधारणको २५ करोडभन्दा बढी रकम ठगी भएको निवेदन नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको हो। यो संख्या र रकम अझै बढ्न सक्ने नगरपालिकाको अनुमान छ।

सोमराज भने यतिबेला फरार छन्। न्यायिक समिति संयोजकसमेत रहेकी नगरापालिका उपप्रमुख जलवर्षा राजवंशीले ४६७ जनाको निवेदनमा करिब २५ करोड रकम मागदाबी गरिएको जानकारी दिइन्। उक्त मागदाबी परेपछि नगरपालिकाले विश्वकर्माको चलअचल सम्पत्ति रोक्का गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको हो।

सोमराजका साथै उनकी श्रीमती शुभद्रा विक र नातेदारको पनि सम्पत्त रोक्का गर्ने निर्णय भएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए। ‘नगरपालिकाले विश्वकर्माका नाममा भएको सबै चलअचल सम्पत्ति रोक्का राख्न आग्रह गर्दै पठाउने निर्णय गरेको छ। विश्वकर्माका साथै उहाँका परिवारको पनि सम्पत्ति रोक्कका लागि आग्रह गर्ने निर्णय भएको हो,’ उनले भने।

न्यायिक समितिमा विश्वकर्माकी श्रीमती शुभद्रा विश्वकर्माले पनि निवेदन दिएकी छन्। राजवंशीका अनुसार उनले पीडितहरूको रकम फिर्ताका लागि सहजीकरण गरिदिन समितिलाई आग्रह गरेकी छन्। सबै सम्पत्ति बेचबिखन गरेर आफूहरू रकम फिर्ता गर्न तयार भएको व्यहोरा शुभद्राको निवेदनमा भएको जलवर्षाको निवेदनमा उल्लेख छ।

‘नगरपालिका न्यायिक समितिमा हालसम्म ४६६ जनाले रकम मागदाबी गर्नुभएको छ। नगरको न्यायिक समितिले काम अघि बढाएको छ,’ राजवंशीले जानकारी दिइन्, ‘समितिमा सोमराजकी श्रीमती शुभद्रा विकले पनि निवेदन दिनुभएको छ। न्यायिक समितिले सबैको मर्म बुझेर समस्या समाधान गर्न सहजीकरण गर्छ।’

सोमराजबाट ठगिनेको संख्या ४३७ पुग्यो, २४ करोडको मागदाबी

यो समस्या समाधानका लागि अध्ययन गरी सुझाव दिन न्यायिक समितिले छानबिन तथा सहजीकरण समिति पनि गठन गरेको छ। गौरादह-२ का वडाध्यक्ष गोपाल कोइरालाको संयोजकत्वमा गठित समितिले काम अघि बढाएको छ। समितिले सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा विभिन्न कामहरू सम्पादन गर्नका लागि सजिलोका लागि विभिन्न उपसमितिसमेत बनाएका काम थालेको न्यायिक समिति संयोजक जलवर्षाले जानकारी दिइन्।

छानबिन तथा सहजीकरण समितिका संयोजक गोपाल कोइरालाका अनुसार समितिले अध्ययन गरी प्रतिवेदन पेस गर्नका लागि ७ दिनको म्याद पाएको छ। प्राप्त निवेदनमा गरिएको दाबीअनुसारको प्रमाण माग गर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको सम्पत्ति तथा दायित्वको निर्क्रोल गर्ने र सोमराजले बनाएका खातापाताको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ।

‘समितिले काम थालिसक्यो। आज मात्रै मैले बैठक राखेर तीन उपसमिति गठन गरिसकेँ। जसमा ५ जनाको विज्ञ समूह छ। त्यसले हामीलाई प्रतिवेदन लेखनका लागि सहयोग गर्छ,’ कोइरालाले भने, ‘अर्को एक उपसमितिले ऋण/दायित्व तथा सम्पत्ति मूल्यांकन गर्छ। थप अर्को उपसमितिले मालपोत कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतमा रहेको सम्पत्ति (दायित्वमसेत) मूल्यांकन गर्छ।’

कोइरालाका अनुसार सोमराज विश्वकर्माको नाममा बैंक तथा वित्तीय संस्थामा भएका खातामा भएको पछिल्लो एक वर्षको कारोबार अध्ययन गरिनेछ। मालपोत कार्यालयको पनि अभिलेख अध्ययन गरिनेछ। समितिले समयमा नै काम सम्पन्न गरेर प्रतिवेदन न्यायिक समितिमा पेस गर्ने उनको भनाइ छ। १३ सदस्यीय समितिलाई सहयोग गर्न गौरादह नगरपालिका वडा नम्बर १, वडा नम्बर ३ र वडा नम्बर ४ का वडाध्यक्षका साथै उद्योग वाणिज्य संघ गौरादह शाखाका अध्यक्ष जेबी कार्कीले सहयोग गर्नेछन्। सोमराजबाट ठगिनेमा अधिकांश वडा नम्बर १, ३ र ४ का स्थानीय छन्। उनका अनुसार समितिले निर्धारित समयमा नै काम सरेर प्रतिवेदन पेस गर्छ।

उता सोमराजले ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकमा १० वडा किटानी जाहेरी परेका छन्। दमकका डीएसपी मनोजकुमार लामाका अनुसार ती किटानी जाहेरी शुक्रबार दर्ता भएका हुन्। आइतबार थप किटानी जाहेरी आउन सक्ने उनको आकलन छ। ‘हामीकहाँ १० जनाले किटानीजाहेरी दर्ता गराउनुभएको छ। यो विषयमा गौरादहको न्यायिक समितिमा ठूलो संख्यामा निवेदन परेको जानकारीमा आएको छ,’ लामाले भने।

करोडौँ ठगेर फरार भए झापाका सुन व्यवसायी सोमराज

गौरादह-१ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार वडामा प्राप्त भएका सबै निवेदनका विषयमा थप अध्ययन र छलफल गरी निष्कर्षमा पुगिनेछ। भण्डारीका अनुसार विश्वकर्माबाट ठगीमा परेको भन्दै न्यूनतम ४० हजारदेखि अधिकतम ४० लाख ५० हजारसम्म मागदाबी निवेदनमा गरिएको छ।

विश्वकर्माले बैंक तथा वित्तीय संस्थाबाट पनि ठूलो मात्रामा कर्जा लिएका छन्। वडाका अनुसार विश्वकर्माले बैंक तथा वित्तीय संस्थाबाट ७ करोडभन्दा बढी रकम कर्जा लिएका हुन्। यद्यपि यस विषयको टुंगो समितिको प्रतिवेदन आएपछि मात्र लाग्ने सहजीकरण समितिका कोइरालाको भनाइ छ।

विश्वकर्माले आफूबाट लगेको भन्दै रकम दावी गर्नेमध्ये गौरादह नगरपालिकाबासी ८५ प्रतिशत छन्। बाँकी १५ प्रतिशत गौरादहसँगै जोडिएको कमल गाउँपालिका तथा मोरङ, उर्लाबारी र विर्तामोडबाट समेत निवेदन परेको वडा कार्यालयले जनाएको छ। हाल इलाका प्रहरी कार्यालय दमक र गौरादहको टोली र गौरादह १/२/३ का वडाध्यक्षसहित मुचुल्का उठाएर पसल सिल गरेको समयमा वरपर ठूलो संख्यामा मानिसहरू जम्मा भएको भिडियोमा देख्न सकिन्छ।

विश्वकर्माको गाउँ गौरादह नजिकैको महारानीझोडा मझुवामा पर्छ। उनले त्यो गाउँका स्थानीयसँग मात्र ५ करोडभन्दा बढी रकम उठाएको देखिएको छ। त्यहाँका सिधासाधा जनतालाई बढी ब्याज दिने प्रलोभनमा पारेर सिंगो गाउँवासीलाई पिडित बनाएको रहस्य खुलेको छ।

‘सोमराज भागेको खबर थाहा पाएपछि भोक पनि लाग्दैन। निन्द्रा पनि लाग्दैन। के गर्ने गर्ने छटपट्टीमा मात्रै छ,’ वडामा निवेदन दिएका एक स्थानीय भन्छन्। आगामी दिनमा स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

सोमराजको पसलअघि पुगेका स्थानीय।

विश्वकर्मा विगत १ वर्ष अगाडिबाटै व्यावसायिक रुपमा समस्या फसिसकेका थिए। सोही समयदेखि नै विश्वकर्माले कोभिड-१९ र आर्थिक मन्दीको बाहना देखाउँदै गौरादहभन्दा बाहिर लुकिछुपी बस्दै आएका थिए। आफ्नो जायजेथा बिक्री गरेर भएपनि व्यवहार मिलाइदिने आवश्वासन सबैलाई दिएका विश्वकर्माले असार १५ गते गौरादह वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीलाई पत्र पठाएपछि गौरादहबासी चकित भएका थिए।

आर्थिक मन्दीका कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वडाअध्यक्ष भण्डारीलाई सम्बोधन गर्दै गौरादह उद्योग वाणिज्य संघको समन्वयमा आफ्नो व्यवहार मिलाइदिन र आफूलाई नखोज्न भन्दै हस्तलिखित पत्र पठाएका थिए। आफ्नो श्रीसम्पत्ति तथा परिवार छोडेर हिँडेको र कतिपयलाई सावाभन्दा ब्याज बढी दिएको भन्दै उनले आफ्ना ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचनापत्र मार्फत गरेका थिए।

विश्वकर्माले प्राइम बैंकबाट गौरादहस्थित आफ्नो घर धितोमा राखी १ करोड ५५ लाख रुपैयाँ कर्जा लिएका छन्। यसैगरी विभिन्न व्यक्तिबाट १० केजीको हाराहारीमा सुन बन्धक लिएर उनले सापटी दिएको बताइएको छ। उक्त सुन समेत बैंकमा धितोमा राखेर करिब १ करोड रुपैयाँ कर्जा लिएका छन्। एक जना व्यक्तिको नाममा १० लाखभन्दा बढी सुन धितोमा राखेर कर्जा लिन नपाउने राष्ट्र बैंकको व्यवस्थाका कारण उनले आफ्नो परिवार र कालिगढका नाममा उक्त कर्जा लिएको स्थानीय बताउँछन्। बैंकमा रहेको उक्त सुन दावी गर्नका लागि आवेदन दिन भने कोही पनि आएका छैनन्। यसैगरी उनले जग्गाधितोमा राखेर शुभलक्ष्मी सहकारीबाट ४० लाख र न्यु पब्लिक सहकारीबाट २३ लाख रुपैयाँ कर्जा लिएको खुलेको छ।

सोमराजका कारण उनका दाजु ख्यामराज विश्वकर्मासमेत समस्यामा परेका छन्। करिब ५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएका ख्यामराज विश्वकर्मासँग पनि सर्वसाधारणहरु शसंकित हुँदै रकम फिर्ता माग्न थालेका छन्। ऋण दिने सबै सर्वसाधारणहरु एकै पटक रकम फिर्ता मागेका उनी समस्यामा पर्न सक्ने अवस्था सिर्जना भएको छ।

प्रकाशित: २०८० असार २३ गते शनिवार ०५:४०
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना