काठमाडौँ- मनाङ एयरको हेलिकोप्टर सम्पर्कविही भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
निरौलाका अनुसार ९एनए-एमभी कलसाइन हेलिकप्टर १० बजेर ५ मिनेटबाट सम्पर्कविहीन छ। हेलिकोप्टरमा पाइटलसहित ६ जना छन्। मनाङ एयरका अनुसार हेलिकोप्टरमा पाइलट चेतबहादुर गुरुङ थिए।
हेलिकप्टरको खोजीका विषयमा छलफल गर्न र आवश्यक कामकारबाही गर्न प्राधिकरणको टोली विमानस्थल पुगेको छ।


