काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई)को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल सर्वसम्मत चयन भएका छन्।परिसंघका पूर्वअध्यक्षसहितको गभर्निङ काउन्सिल बैठकले अग्रवालको नाममा सर्वसम्मति जुटाएको हो।
अग्रवाल परिसंघमा उपाध्यक्ष थिए। परिसंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएसँगै उनको अध्यक्ष बन्ने बाटो खुलेको छ। अबको दुई महिनाभित्रै उनी परिसंघ अध्यक्ष बन्ने भएका छन्।
गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनौट हुने र वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने सीएनआईमा व्यवस्था छ।
अग्रवालको आरएमसी ग्रुपले डन्डी, सिमेन्ट, फलाम, खाद्य उद्योगका साथै बैंक तथा बिमा क्षेत्रमा लगानी गरेको छ।
परिसंघ अध्यक्षको दुई वर्षे कार्यकाल रहन्छ। हालका अध्यक्ष विष्णु अग्रवालले २०७८ साउनमा पदभार ग्रहण गरेका थिए।


