२०८३ कार्तिक १६ गते आईतबार

हेलिकोप्टर उडानलाई सुरक्षित बनाउन ५ नयाँ नियम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २७
manang_air1

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर दुर्घटनाको संख्या बढेसँगै सुरक्षित उडानका लागि भन्दै ५ वटा नयाँ नियम जारी गरेको छ।

सन् २०२३ का ७ महिनामा ४ वटा हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले थप नियम कार्यान्वयनमा ल्याउने भएको हो।

४ वटा हेलिकप्टर उडानमा ७ जनाले ज्यान गुमाएका छन्। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले कडाइ गर्न लागेको हो।

यी हुन् नयाँ नियम
१. नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ। यो टिमले दैनिक रुपमा हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमन गर्ने छ। साथै उक्त टिमले हवाई उडानमा लापरबाही गर्नेलाई कारबाहीको सिफारिस समेत गर्ने छ।

टिममा सबै सेक्टरका प्रतिनिधि सहभागी हुने प्राधिकरणले जनाएको छ। पछिल्लो समय हेलिकप्टर दुर्घटना बढेपछि प्राधिकरणले दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपाय अपनाउने निर्णय गरेको छ। जसमध्ये ‘स्पेसल टास्क फोर्स’ समेत एक हो।

२. उडानको सुरू गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्यमा जान नपाइने समेत नयाँ निर्णय जारी भएको छ। प्राधिरकणले हेलिकप्टरहरू एउटा गन्तव्यबाट उडान गरेर गएपछि त्यही गन्तव्यमा फर्केर मात्रै अन्य गन्तव्यमा जान पाउने निर्णय गरेको छ। जस्तो कि सोलुखुम्बुको लुक्लाबाट उडेर फागदिङ गएको हेलिकप्टरले त्यहीँबाट पुन: लुक्लामा नफर्की अर्को गन्तव्यको उडानमा जान पाउने छैनन्।

उक्त हेलिकप्टर नयाँ गन्तव्यमा जान परेमा पुन: उडान सुरू भएको लुक्लामा नै आउनुपर्ने छ। प्राधिकरणले बिहान एक ठाउँबाट उडान गरेका हेलिकप्टर दिनभरी आफूखुसी उडान गरेर बेलुका मात्रै गन्तव्यमा आउने गरेको पाइएको भन्दै यस्तो निर्णय गरेको हो। प्राधिकरणले दिनभरी टावरसँग समेत सम्पर्क नगरी उडान गर्ने प्रवृति बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।

३. यसैगरी प्राधिकरणले उद्धार उडानको अनुमति अब एयर ट्रान्सपोर्ट डिपार्टमेन्टबाट हुने नियम जारी गरेको छ। प्राधिकरणको एभिएसन सेफ्टी एण्ड सेक्युरिटी रेगुलेसन निर्देशनालयबाट उद्धार उडानको अनुमति जारी गर्ने र जसको हरेक एक सातामा रिभ्यू गर्ने निर्णय गरेको हो।

४. प्राधिकरणले सेप्टेम्बरसम्मका लागि ३ प्रकारको उडानमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। धेरै पानी परेका बेला उडानमा जोखिम हुने भन्दै प्रधिकरणले तीन प्रकारका उडानमा प्रतिबन्ध लगाएको हो। जसमा पुष्पवृष्टि गर्न गरिने उडान, माउन्टेन फ्लाइट र सामान झुन्ड्याएर गरिने उडानमा प्रतिबन्ध लगाएको छ। यी उडानमा आगामी सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको हो।

५. हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाउने निर्णय प्राधिकरणले गरेको छ। प्राधिकरणले हेलिकप्टर कम्पनीमा सेयर रहेका ‘मालिक पाइलट’हरूलाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गर्दै प्रक्रिया अघि बढाएको हो। यो निर्णय लागु हुन प्रक्रियागत रुपमा केही समय लाग्ने भएको छ। यो निर्णय कार्यान्वयनका लागि एयर अपरेटर सर्टिफिकेट रिक्वाएरमेन्ट (एओसीआर) मा अपटेड गर्ने तयारी गरेको छ। एओसीआरमा अपडेट भएसँगै यो नियम लागु हुने छ। अहिले पनि १२ वटा हेलिकोप्टर कम्पनीमा ८ जनाभन्दा बढी मालिक पाइलट रहेका छन्।

प्रकाशित: २०८० असार २७ गते बुधबार ०८:१६
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना