काठमाडौँ– बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर एक लाख १२ हजार ४ सय रुपैयाँ पुगेको हो।
यस्तै चाँदीको मूल्य रु ४० ले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १४० पुगेको छ।
बुधबार छापावाल सुनको मूल्य प्रति तोला एक लाख ११ हजार ६ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ थियो।


