काठमाडौँ- भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। डिजेलको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।
भारतले पठाएको पछिल्लो मूल्यसूचीअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ। पेट्रोलको मूल्य ३४ पैसाले घटाएर पठाइएको छ।
भारतले पठाएको पछिल्लो मूल्यसूचीअनुसार अब १५ दिनमा निगमलाई ५० करोड रुपैयाँ नाफामा हुनेछ।
यसअघि निमगले असारमा इन्धनको मूल्य समायोजना गरेको थियो। काठमाडौं उपत्यका क्षेत्रमा प्रतिलिटर पेट्रोल १६७.५० पैसा, डिजेल र मट्टीतेलको १४७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।
आन्तरिक हवाइ इन्धनको मूल्य १३६ रुपैयाँ प्रतिलिटर छ भने बाह्यमा प्रतिकिलोलिटर १०५० अमेरिकी डलर छ।


