काठमाडौँ- राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भन्सार एजेन्टसमेत छन्। विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार यो प्रकरणमा विभागले हालसम्म ६ जनालाई पक्राउ फरेका हुन्।
पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। भान्जा दिलीपको बयानका आधारमा मामा रामकुमार पक्राउ परेका हुन्। मामाभान्जा बुधबार पक्राउ परेका हुन् भने बाँकी तीन जना मंगलबार पक्राउ परेका हुन्।बिहीबार थप एक जना पक्राउ परेका हुन्।
मंगलबार नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार साँझ मात्र सार्वजनिक गरेको थियो। उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।
नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। ‘थप व्यक्तिको खोजी भइरहेको छ,’ उनले भने।


